आदर्श अनलाइन, बागलुङ
बागलुङको निसीखोला गाउँपालिका–२ स्थित जनहित आधारभूत विद्यालयमा स्टेशनरी सहायता बैंक स्थापना गरिएको छ । विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको सहजताका लागि स्टेशनरी सहायता बैंक स्थापना गरिएको हो ।
शिक्षक पवन कुमार थारुको जन्मदिनमा उहाँले सहयोग गर्नु भएको स्टेशनरी सामग्रीबाट विद्यालयमा ‘स्टेशनरी बैंक’ स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक नील कुमारी खत्रीले जानकारी दिनुभयो ।
स्टेशनरी बैंकमा शिक्षक, विद्यार्थीहरुको जन्मदिनमा स्वेच्छिक रुपमा प्राप्त शैक्षिक सामग्रीहरु संकलन गरि थप प्रभावकारी बनाइने उहाँको भनाइ छ । इच्छुक अभिभावक, दातृ निकाय तथा विभिन्न संघसंस्थाले समेत सहयोग गर्न सक्ने प्रधानाध्यापक खत्रीले बताउनुभयो ।
गरिब तथा जेहेन्दार विद्यार्थी छनौट गरि उनीहरुको पठनपानलाई सहज बनाउनका लागि नयाँ कामको थालनी गरेको शिक्षक थारुले बताउनुभयो ।