बागलुङ समाज बेल्जियमद्वारा राजदुतको बिदाई, नगरप्रमुखको स्वागत


आदर्श अनलाइन, बागलुङ

बागलुङ समाज बेल्जियमको आयोजनामा १७ नोम्बेर २०२४ का दिन लुभेनमा राजदुतको बिदाई तथा नगरप्रमुख श्रेष्ठको स्वागत कार्यक्रम समपन्न भएको छ ।

आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्कन लाग्नुभएको बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीको बिदाई गरिएको छ । बिदाई पछि बोल्दै बागलुङ समाज बेल्जियमले गरेको हार्दिकताप्रति राजभण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सोही कार्यक्रममा युरोप भ्रमणमा रहनुभएका बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठलाई स्वागत तथा सम्मान गरिएको छ ।

स्वागत तथा सम्मान पछि बोल्दै नगप्रमुख श्रेष्ठले नगरपालिकाले लिएका योजनाबारे जानकारी गराउनुभएको थियो । उहाँले बागलुङ नगरपालिकालाई नमूना बनाउने अभियानमा रहेको जानकारी दिदै सकरात्मक सहयोगको अपेक्षा गर्नुभएको थियो ।

बेल्जियम स्थित बैचारिक तथा सामाजिक संस्थाका प्रमुख र प्रतिनिधिहरुको सहभागीतमा स्वागत तथा बिदाई कार्यक्रम सम्पनन गरिएको हो ।

कार्यक्रममा व्यवसायी संघका अध्यक्ष चिरन खवास, समाजको निवर्तमान अध्यक्ष गंगा शर्मा, शेर्पा किन्दुक, अध्यक्ष पि.डि शेर्पा, संघीय समाजका अध्यक्ष नेत्र मगर, प्रवासी नेपाली मञ्चका अध्यक्ष विनोद न्यौपाने, पूर्व अध्यक्ष बोधराज पौडेल, जनसम्पर्क समितिका अध्यक्ष सुवास गुरुङ, पत्रकार दिल निसानी मगर, एनआरएन बेल्जियम महासचिव रुबिना शर्मा, एनआरएन बेल्जियम पूर्व अध्यक्ष खड्क केसी, जनप्रगतिशलि मञ्च युरोप अध्यक्ष चित्र सुवेदी, विश्व मगर महासंघका अध्यक्ष लोप राना, एनआरएन अभियान्ता तथा समाजका संरक्षक गंगाधर गौतमले मन्तव्य सहित राजदुको हार्दिकतापूर्ण बिदाई र नगरप्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हरिदक्त कँडेल र अधिकृत दिनेश जिसीको स्वागत तथा सम्मान गर्नुभएको थियो ।

बिदाई तथा स्वागत कार्यक्रममा सक्रिय सहभागीता जनाउने बेल्जिय स्थित संघ संस्था तथा नेपाली समुदायप्रति बागलुङ समाज बेल्जियमका अध्यक्ष मेहन्द्र पन्तले आभार व्यक्त गर्नुभएको थियो । उहाँले सामाजिक सेवामा समेत बागलुङ समाज बेल्जियम सक्रिय रहेको बताउनुभयो ।

कार्यक्रम बागलुङ समाज बेल्जियमका अध्यक्ष मेहन्द्र पन्तको अध्यक्षता, सदस्य दिपेन्द्र केसीको स्वागत तथा महासचिव प्रभात पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *