आदर्श अनलाइन, बागलुङ
बागलुङको नारायणस्थान नगरकै पहिलो बालमैत्री वडा भएको छ ।
आगामी पुस मसान्तभित्र नगरलाई नै बालमैत्री घोषणा गर्ने लक्ष्य राखेको बागलुङ नगरपालिकाले वडालाई बालमैत्री घोषणा गर्न थालेको छ ।
बागलुङ नगरपालिका–१४ नारायणस्थानलाई पहिलो बालमैत्री वडाको रुपमा घोषणा गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।
गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीको प्रमुख आतिथ्यतामा वडालाई बालमैत्री घोषणा गरिएको हो । बालमैत्री वडा घोषणपछि बोल्दै सुवेदीले नेपाललाई बालमैत्री बनाउनका लागि बागलुङ नगरपालिका अघि सरेर सकरात्मक शन्देस दिएको बताउनुभयो । बालमैत्री नगर अभियानको पहिलो वडाको रुपमा घोषणा हुँदा नगरकै पहिचान बढेको बताउनुभयो ।
कार्यक्रममा कार्यवहाक नगरप्रमुख राजु खड्काले बालमैत्री नगर अभियान नगरकै गौरवको आयोजना भएकोले यो अभियान पुरा गर्दे दीगोपनामा ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले बालमैत्री नगर अभियानले बालबालिको चौतर्फी विकासमा सहयोग पु¥याउने जानकारी दिनुभयो । आगामी पुस मसान्तभित्र सबै वडा घोषणा गरिसकेर नगरस्तरीय कार्यक्रम गर्ने बताउदै अन्य वडाहरु क्रमश बालमैत्री वडा घोषणाको चरणमा रहेको बताउनुभयो ।
जिल्ला स्तरीय अनुगमन टोलीले वडामा पुगेर सबै सूचकबारे अध्ययन गरेपछि जिल्ला समन्वय समितिको अनुमतीमा वडालाई बालमैत्री घोषणा गरिएको बालमैत्री सहजकर्ता पूजा गिरी आचार्यले बताउनुभयो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बालमैत्री अभियानले दुरगामी रुपमा सकरात्मक प्रभाव पार्ने बताउनुभयो ।
शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारनै विकासको पहिलो आधार भएको उहाँको भनाई छ ।
वडा अध्यक्ष चक्रबहादुर खत्रीको अध्यक्षता, वडा सचिव विष्णु रिजालको संचालन र वडा सदस्य चन्द्रा बिक सुनारको स्वागतमा सम्पन्न कार्यक्रममा सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम, जिल्ला समन्वय समिति सदस्य जशोदा शर्मा, जेष्ठ नागरिकबाट लक्ष्मीनारायण श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वडा अध्यक्ष खत्रीले गत वर्ष मंसिर १७ देखि शुरु भएको अभियानले पूर्णता पाएको भन्दै वर्षभरीको प्रगती प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो । एक वर्षभरी वडाको सबै टोल, विद्यालय र समुदायमा पुगेर बालमैत्री अभियानको औचित्यबारे जानकारी गराएको, टोल टोलमै बाल क्लब गठन गरिएको सहजकर्ता आचार्यले बताउनुभयो ।