ठूलो परिणाममा लागुऔषध सहित युवती पक्राउ

आदर्श अनलाइन, म्याग्दी
जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले झण्डै एक हजार दुई सय एम्पुल लागु औषध सहित एक जना युवतीलाई पक्राउ गरेको छ ।

प्रहरीले मंगला गाउँपालिका–२ कि २३ वर्षिय पूर्णा बिकलाई एक हजार एक सय ९३ थान लागु औषध सहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक(इन्सपेक्टर) सागर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार लागुऔषध डाइजेपाम तीन सय ९८ एम्पुल, फेनेर्गन तीन सय ९७ एम्पुल र बुप्रेनोर्फिन तीन सय ९८ गरी कुल एक हजार एक सय ९३ थान लागु औषध सहित मानिस गिरफ्तार गरिएको हो ।

लागु औषध सहित गिरफ्तार गरीएकी बिकलाई लागु औषध सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

५७ वर्षिय खडकबहादुर बिकको घरमा उहाँकी २३ वर्षिय छोरीले लागु औषध लुकाएर राखेको भन्ने सुचनाका आधारमा प्रहरीले लागु औषध सहित मानिस गिरफ्तार गरेर अनुसन्धान थालेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *