बागलुङ नगरपालिका वडा नम्बर १३ बालमैत्री वडा घोषणा

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका वडा नम्बर १३ लाई शुक्रबार बालमैत्री वडा घोषणा गरिएको छ ।
आगामी पुस मसान्तभित्र नगरलाई नै बालमैत्री घोषणा गर्ने लक्ष्य राखेको बागलुङ नगरपालिकाले वडालाई बालमैत्री घोषणा गर्ने कार्यक्रम अन्तरगत बानपा–१३ पैयुपाटालाई नगरको तेस्रो बालमैत्री वडा घोषणा गरिएको छ ।



बागलुङ नगरपालिका–१४ नारायणस्थानलाई पहिलो बालमैत्री वडाको रुपमा घोषणा बुधबार गरेको बागलुङ नगरपालिकाले बिहीबार बानपा–४ लाई दोस्रो बालमैत्री वडा घोषणा गरेको थियो ।


गण्डकी प्रदेशसभाका सदस्य जित शेरचनको प्रमुख आतिथ्यतामा वडालाई बालमैत्री घोषणा गरिएको हो । बालमैत्री वडा घोषणपछि बोल्दै शेरचनले पछिल्लो समय स्थानीय सरकारले बालबालिकाको क्षेत्रमा लगानी बढाएको बताउदै फलस्वरुप बालमैत्री घोषणा भइरहेको बताउनुभयो ।



शेरचनले बालमैत्री सुशासन युक्त नगर घोषणा अन्र्तगत वडाले सबै सुचक पुरा गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । नेपाललाई बालमैत्री बनाउनका लागि बागलुङ नगरपालिका अघि सरेर सकरात्मक शन्देस दिएको बताउनुभयो । शेरचनले सयौ मानिसको उपस्थिले बालमैत्री अभियानलाई दीगोपनामा जोड्ने बताउदै बलेवा पैयुपाटामा स्थानीयको सक्रियता राम्रो देखिएको बताउनुभयो ।
शेरचनले बाल संरक्षण, बाल विकास, बाल बचाउ जस्ता ५१ सूचक पुरा गरी वडालाई बालमैत्री घोषणा गरिएको घोषणा पत्र हस्ताक्षर गर्दै प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कार्यवाह नगरप्रमुख राजु खड्काले वडा लाई नगरपालिकाको तर्फबाट कदर पत्र प्रदान गरेको थियो ।

कार्यक्रममा कार्यवहाक नगरप्रमुख राजु खड्काले बालमैत्री स्थानीय शासनमा नागरिकको उत्साह देखिएको बताउनुभयो । उहाँले स्थानीयहरु सक्रिय भएमानै बालमैत्रीले दोगोपना लिने बताउदै बालमैत्री नगरपालिका निर्माणको अभियानले सार्थकता पाउन थालेको जानकारी दिनुभयो ।

बालमैत्री नगरपालिका बनाउन वडा तहबाट पाएको सकरात्मक उर्जाले नगरपालिकाले बालमैत्रीमा थप लगानी बढाउने प्रतिबद्धता जनाउनुभएको थियो । जिल्ला स्तरीय अनुगमन टोलीले वडामा पुगेर सबै सूचकबारे अध्ययन गरेपछि जिल्ला समन्वय समितिको अनुमतीमा वडालाई बालमैत्री घोषणा गरिएको बालमैत्री सहजकर्ता प्रतिक्षा गौतमले जानकारी दिनुभयो ।



कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बालमैत्री अभियानको विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले कार्यक्रममा जम्मा भएका नागरिक र विद्यार्थीलाई बालमैत्रीको विषयमा जानकारी गराउनुभएको थियो ।


बालबालिकाको दीगो विकासका लागि बालमैत्री स्थानीय शासन युक्त नगरपालिका बनाउन आवश्यक रहेको पोखरेलको भनाई थियो । कार्यक्रममा वडा अध्यक्ष नारायण शर्मा पौडेलले बालमैत्री अभियानको प्रगतिको विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम, बाल सञ्जालका अध्यक्ष पूर्णीमा शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम वडा अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षता, त्रिभुबन माध्यामिक विद्यालयका अध्यक्ष डा. राम बहादुर केसीको स्वागत तथा शिक्षकद्वय विष्णु खड्का र ठाकुर पौडेल सञ्चालनमा सम्पन्न भएको थियो ।



एक वर्षभरी वडाको सबै टोल, विद्यालय र समुदायमा पुगेर बालमैत्री अभियानको औचित्यबारे जानकारी गराएको, टोल टोलमै बाल क्लव गठन गरिएको, बालमैत्री पूर्वाधार निर्माण गरेको वडा अध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *