आदर्श अनलाइन, बागलुङ
पर्यटकीय पूर्वाधार निर्माण गर्ने उदेश्यले गाजा दहमा ज्ञान महायज्ञ थालिएको छ । महायज्ञको शनिबारदेखि शुरु भएको छ महायज्ञको गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले उद्घाटन गर्नुभएका थियो । उद्घाटन पछि बोल्दै धार्मिक तथा पर्यटन मार्फत आर्थिक विकास गर्न सकिने बताएका छन् ।
बागलुङको जैमिनी नगरपालिका–३ दमेक स्थित गाजाको दहको गाजा दह सिद्ध बराह परिसरमा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञ शनिबारबाट शुरु भएको छ । त्यहाँका नागरिकलाई नेपालमा धार्मिक पर्यटकको रुपमा भित्र्याउनका लागि राज्यको तर्फबाट केही सकारात्मक कदमहरु चाल्नुपर्ने उहाँको भनाई थियो । यहाँ आउने पर्यटकहरुलाई खोजे अनुसारको भौतिक पूर्वाधार तथा अन्य विकास गर्न नसकिएको उहाँले बताउनुभयो । मन्त्री गुरुङले नेपालको धार्मिक, सांस्कृति, जातिय र भौगोलिक विविधतालाई उत्पादनसंग जोड्ने माध्यम पर्यटन नै भएको उल्लेख गर्नुभयो ।
पदयात्रा र पर्वतारोहणबाट सुरु भएको नेपालको पर्यटन व्यवसायले क्षेत्र विस्तार गर्दै गएको उहाँको भनाई छ । उहाँले गाजा दहको पर्यटकीय गुरुयोजना बनेपछि गण्डकी प्रदेश सरकारले लगानी गर्ने बताउनुभयो ।
नेपालको सय पर्यटकीय गन्तव्यमा परेको उक्त ठाउँको विस्तृत गुरुयोजना निर्माण गरे गण्डकी प्रदेश सरकारले अवश्यक लगानी गर्ने बताउनुभयो । उहाँले महायज्ञका लागि मात्रै प्रदेश सरकारबाट केही आर्थिक सहयोग गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, गलकोट नगर प्रमुख भरत शर्मा गैरे, जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख होमनाथ शर्मा सापकोटा, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा तिलक, प्रमुख बाचतक शिवदत्त रेग्मी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । जैमिनी नगरपालिका—३ का वडाध्यक्ष कृष्णबहादुर भजुेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत जैमिनी नगर उपप्रमुख हरिहर शर्मा र सञ्चालन कृष्ण सापकोटाले गर्नुभएको थियो ।
सिद्ध बराह मन्दिरको पुननिर्माण गरी गुरुयोजना बनाएर धार्मिक र ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने, गाजाको दहको संरक्षण गर्दै ताल परिषरमा सिद्ध बराह भगवानको पूर्णकदको मूर्ति निर्माण गर्ने लगाएतका उद्देश्यले ज्ञान महायज्ञ गर्न लागिएको वडा अध्यक्ष कृष्ण भुजेलले बताउनुभयो महायज्ञमा हरेक बिहान ८ बजेबाट दिउँसो १ बजेसम्म पाठपरायण, २ बजेदेखि ५ बजेसम्म कथा प्रवचनका साथमा हरिनाम संकिर्तन, झाँकी, आरती र प्रसाद बितरण गरिने बताउनुभयो ।
ज्ञान महायज्ञको प्रमुख वाचकमा भागवत प्रखर युवा पण्डित आचार्य शिवदक्त रेग्मी र बिशिष्ट वाचकको रुपमा युवा डाक्टर धु्रव सापकोटा रहने रहेका छन् । महायज्ञमा पाँच सय भन्दा माथि सहयोग गर्ने सहयोगदाता अर्थात दानविरलाई रकम अनुसारको सम्मानपत्र प्रदान गरिने प्रत्येक दिन बाजागाजा सहित सम्मान गरिने कार्यक्रम समेत रहेको छ । महायज्ञ मंसिर १४ गतेसम्म चल्नेछ ।