अन्तर मावि छात्रा फुटबलको पहिलो दिनको खेल सकियो

आदर्श अनलाइन, बागलुङ
लायन्स क्लब अप बेनी लभ्लीहिलको आयोजनामा शुरु भएको अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताको पहिलो दिन चार खेल सकिएको छ ।

पहिलो दिनको खेलमा प्रकाश माध्यमिक विद्यालयलाई शुन्यका बिरुद्ध दुई गोलले पराजित गर्दै न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालय दोश्रो चरणमा प्रवेश गरेको छ । त्यस्तै दोश्रो खेलमा म्याग्दी एकेडेमी सिंगालाई दुई शुन्य गोलअन्तरले पराजित गर्दै बेनी सामुदायीकले दोश्रो चरणमा पुग्दा लिटिल गार्डेन एकेडेमीलाई तीन शुन्य गोलअन्तरले पराजित गर्दै धौलागिरी माध्यमिक विद्यालय सिंगा अगाडी बढेको छ ।

बिहीबार भएको अन्तिम खेलमा गलेश्वर आदर्श बोर्डीङलाई तीन शुन्यले पराजित गर्दै बेनी बोर्डीङले आफ्नो दोश्रो चरणको ढोका खोलेको छ । छात्राहरुको फुटबल खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनिङ शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन भने बुधबार नै भएको थियो । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३ गते शुरु भएको प्रतियोगिता १५ गते सम्म चल्ने छ ।

जिल्ला भित्रका १० विद्यालयका छात्राहरुको सहभागिता रहेको उक्त प्रतियोगिताको फाइनल शनिबार हुने छ । छात्रा फुटबल प्रतियोगिता अयोजनाले फुटबलमा भएको प्रतिभा पहिचान गर्न सहयोग पुग्ने लायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष सोहन श्रेष्ठले बताउनुभयो ।

प्रतियोगिताको विजेताले ३५ हजार, उपविजेता २० हजार रुपियाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपियाँ नगद प्रदान गरिने छ । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक र राइजिङ प्लेयरलाई नगद सहित पुरस्कृत गरिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *