आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्ला (आइटिएफ ) तेक्वान्दो संघ बागलुङले आयोजना गरेको खुल्ला आमन्त्रित आइटिएफ तेक्वान्दो प्रतियोगितामा प्रिसियस एकेडेमी प्रथम भएको छ ।
खेलमा १२ वटा गोल्ड मेडल प्राप्त गरी प्रथम भएको हो । प्रिसियस एकेडेमीले नगद १५ हजार समेत आएको छ ।
यस्तै प्रतियोगितामा १० वटा गोल्ड मेडल प्राप्त गरि सिद्धार्र्थ शिक्षा सदन दोस्रो भएको छ । खेलमा विभिन्न विद्यालयका १०० जना विद्यार्थीहरुको सहभागि रहेको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले खेलको सुरक्षामा सतर्कता अपनाउदै खेल्नु पर्ने बताउनुभयो ।
उहाँले खेलाडीलाई अनुशासित बनाउने र आत्मरक्षाका लागि खेल महत्वपूर्ण रहेको बताउनुभयो । खेलमा उत्कृष्ट खेलाडीमा प्रसान्त हमाल र आरोही मल्ल ठकुती भएका थिए ।
कार्यक्रममा विजेता खेलाडीलाई खड्का सहित कार्यक्रममा बागलुङ नगरपालिका–१ का वडा अध्यक्ष जय बहादुर केसी, पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम लगायतले प्रमाणपत्र ट्रफी र मडल वितरण गरेका थिए ।
खेलका प्रशिक्षक असोक थापाको अध्यक्षता र प्रकास थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
खेलमा महिला तथा पुरुषमा २० देखि २५ केजी समूह, २५ देखि ३० केजी समूह, ३० देखि ३५ केजी समूह, ३५ देखि ४० केजी समूह र ४० देखि ४५ केजी समूहमा प्रतिस्प्रर्धा गरेका थिए ।