पर्यटकीय पूर्वाधार बनाउन रु. ६४ लाख जुट्यो

आदर्श अनलाइन, बागलुङ

नेपाल सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजाको दहमा पर्यटकीय पूर्वाधार निर्काणका लागि रु. ६४ लाख नगद संकलन भएको छ ।

प्रचार प्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रर्बद्धन गर्न त्यहाँका स्थानीयहरुले लगायको गाजा दह सिद्ध बराह ज्ञान महायज्ञ मार्फत रु. ६४ लाख संकलन भएको हो ।

गाजाको दह संरक्षणमा प्रयाप्त लगानी नगर्दा क्रमश दह सुक्दै गएको गएको र मन्दिर समेत जीर्ण भएको भन्दै स्थानीयले महायज्ञ आयोजना गरेर रकम संकलन गरेका छन् ।

गाजा दशको प्रचारप्रसार संगै पूर्वाधार निर्माण गर्नका लागि मंसिर ८ गतेदेखि शुरु भएको महायज्ञ शुक्रबार अर्थात १४ गतेसम्म सम्पन्न भएको छ ।

गाजादह क्षेत्रमा पूर्वाधार निर्माणसँगै पर्यटन प्रर्बद्धन गर्ने उद्धेश्यले आयोजना गरेको महायज्ञमा नगद रु. ६४ लाख संकलन भएको र अन्य बाग दान र जिन्सी सामानको मुल्याङ्कन पछि मात्रै भन्न सकिने महायज्ञ मुल आयोजक समितिका प्रचार प्रसार संयोजक दिलिप प्रतेलले जानकारी दिनुभयो ।

संकलित रकमले बागलुङको जैमिनी र गल्कोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको शिरमा पर्ने गाजाको दहमा रहेको सिद्ध बराहको मन्दिर जीर्ण भएकाले पुननिर्माण समेत गरिने छ ।

गाजा दहको एकिकृत विकासका लागि गुरुयोजना बनाएर विकास गर्ने लक्ष्य सिद्ध बराह मन्दिर संरक्षण समिति अध्यक्ष लोक बहादुर छन्त्यालले जानकारी दिनुभयो ।

महायज्ञमा प्रमुख वाचकको रुपमा शिवदत्त रेग्मीले धार्मिक प्रवचन गर्नुभएको थियो । महायज्ञमा संकलन भएको रकमले गाजा दहको प्रचार प्रसार, पूर्वाधार र सिद्ध बराहको पूननिर्माण गरिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *