आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकालाई बालमैत्री नगर बनाउने अभियानले तिव्रता पाएसंगै रामरेखामा आज वृहत सचेतनामुलक ¥याली सम्पन्न भएको छ ।
बागलुङ नगरपालिकालाई बालमैत्री नगर बनाउने अभियान अन्तरग बानपा १ रामरेखामा सचेतनात्मक ¥याली गरिएको हो ।
आगामि पुस मसान्तसम्म बागलुङ नगरपालिकालाई बालमैत्री नगर बनाउने उद्देश्य अनुरुप बानपा १ रामरेखामा बिद्यार्थी, शिक्षक, जनप्रतिनिधी र स्थानियवासीको सहभागीतामा ¥याली गरिएको हो ।
बाल विवाह, लागु औषध सेवन तथा दुव्र्यसन, बालश्रम बिरुद्धका प्लेकार्ड सहितको ¥याली पछि वडा कार्यालय परिसरमा आयोजित कोणसभामा बोल्दै वडा अध्यक्ष जयबहादुर केसीले बालमैत्री नगरका लागि सवैको सक्रियता आवश्यक रहेको बताउनुभयो । अभियान अन्तरगत यहि मंसिर २३ गते आइतवार बानपा ११ रायडाँडालाई बालमैत्री वडा घोषणाको तयारी गरिएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।
यसअघि बागलुङ नगरपालिका ४, १३ र १४ लाई बालमैत्री वडा घोषणा गरिएको खड्काले बताउनुभयो । स्थानीय जनतालाई जानकारी र सुचना दिने अभिप्रायले पर्चा पम्प्लेट सहितको अभियान संचालन भैरहेको खड्काले जानकारी दिनुभयो ।