आदर्श अनलाइन, बागलुङ
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्थानीय स्रोत र साधनको उपभोग मार्फत नेपालको आर्थिक विकास हासिल गर्न सकिने बताउनुभएको छ ।
आज नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै पूर्व गृहमन्त्री समेत रहनुभएका शर्माले फलाम, तामा खानी उत्खननमा ध्यान दिन आवश्यक रहेको बताउनभएको छ ।
शर्माले सत्ताको मानसिकताले नेपालमा विकास गर्न नसकिएको बताउदै आफूले लएिका आर्थिक नीति अहिलेको सरकारले हटाएको बताउनुभयो । उहाँले बागलुङको उत्तरगंगा जलाशययुत्त जलविद्युत आयोजना अध्ययनै चरणमा रहेको बताउदै विवाद नरहेको जिकिर गर्नुभयो । ठूला जलविद्युत निर्माण गर्दा सबैको हितमा हुनेगरी निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
पूर्व अर्थमन्त्री समेत रहनुभएको शर्माले अहिले मुल्यवृद्धि नियन्त्रणमा आएको बताउदै आईटी क्षेत्रले संभावनाको उजागर गरेको जानकारी दिनुभयो । युवाहरुले आइटिको क्षेत्रबाट नेपालमा रकम भित्राएको बताउदै नेपालका लागि निकै आइटी क्षेत्र फलदायी हुन थालेको जानकारी दिनुभयो ।
उहाँले मुक्तिनाथ र कालिका मन्दिरले बागलुङको धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सघाएको बताउनुभयो । उहाँले बाँझो जग्गा नराख्ने नीतिले स्थानीय तहमा बाँझो जग्गा उपभोगको काम थालिएकोमा अहिलेको सरकारले उक्त नीति हटाएको बताउदै बाँझो जग्गा बढेको जानकारी दिनुभयो ।
शर्माले कालीगण्डकीमा पाइने शालग्रामको महत्व जगाउन सकेमा कालीगण्डकीय तटीय क्षेत्रको पर्यटकीय विकास हुँने बताउदै धौलागिरि अत्यन्त संभावना बोकेको क्षेत्र रहेको जानकारी दिनुभयो । उहाँले नेपालमा आर्थिक नीति परिवर्तन हुँदा उद्यमीमारमा परेको बाउनुभयो । नेपालको अस्थिर आर्थिक नीतिलाई स्थिर बनाउन सकेमा नेपालले छिट्टै आर्थिक फड्को मार्ने बताउनुभयो ।