आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले बागलुङ नगरपालिका–१ रामरेखाको वडा कमिटि अध्यक्ष पुन सुर्य लामिछाने निर्वाचित हुनुभएको छ ।
नेकपा एमाले वडा नम्बर १ रामरेखाको दोस्रो वडा अधिवेशनले सुर्य लामिछानेको नेतृत्वमा १९ सदस्यीय एमाले वडा कमिटि चयन गरिएको छ ।
वडा कमिटिको उपाध्यक्षमा सोम बोहोरा, सचिवमा नवराज गौतम, उपसचिवमा घनश्याम उपाध्याय र गिता रिजाल चयन हुनुभएको छ । यस्तै समितिको सदस्यमा कोपिला बोहोरा, सपना केसी, राधा शर्मा, अशोक खड्का, जगन्नाथ शर्मा, सृजना पुन तिलिजा, विष्णु खत्री, बुद्ध बोहोरा, लक्ष्मी केसी बल बहादुर बोहोरा, सिजन थापा र सागर श्रीस रहनुभएको छ ।
वडा अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य इन्द्रलाल सापकोटाले नेकपा एमालेका जनप्रतिनिधिले गरेको विकास निर्माणको विषयमा जनतालाई जानकारी गराउन आवश्यक रहेको बताउनुभएको छ । लोकप्रिय कामहरु जनताको नजरमा नपुगेको बताउदै एमालेको बहुमतले मात्रै देशमा विकास निर्माण अघि बढ्ने जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य डा. सुर्य पाठकले एमालेको नेतृत्वमा वडा तहमै विकासको लहर आएको जानकारी दिनुभयो उहाँले एमाले जनताको पार्टी भएको भन्दै दलाल र पूँजीवादको अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले जनताको मताधिकार सहि ठाउँमा प्रयोग गर्न कार्यक्रर्ता परिचालन गर्न आवश्यक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य गिता शर्मा, प्रदेश कमिटि सदस्य ममतादेवि शर्मा, एमाले रामरेखा इन्चार्ज लक्ष्मी बोहोरा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा एमालेमा लोमो सयदेखि सक्रिय समाजसेवीलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रम एमाले वडा कमिटिका अध्यक्ष सुर्य लामिछानेको अध्यक्षता तथा सचिव नवराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । यस्तै बागलुङ नगरपालिका–११ रायडाँडाको वडा अधिवेशनबाट चिरञ्जीवी केसी र ढोरपाटन नगरपालिका वार्ड नम्बर ५ को वडा अधिवेशनबाट कोपिला पुनमगरको नेतृत्वमा वडा कमिटि निर्वाचित हुनुभएको छ ।