माघे संक्रान्तिको अवसरमा १० दिने म्याग्दी महोत्सब हुने


आदर्श अनलाइन, म्याग्दी

यही आउँदो पुस अन्तिम देखि म्याग्दीको बेनीमा म्याग्दी उद्योग बाणिज्य संघले म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेला–२०८१ को आयोजना गर्ने भएको छ ।

हिमाली जिल्ला म्याग्दीको बेनीमा म्याग्दी उद्योग बाणिज्य संघले आइतबार बिहान पत्रकार सम्मेलनको आयोजना गरेर पुस २८ देखि माघ ८ गते सम्म १० दिने म्याग्दी महोत्सव आयोजना गर्ने जानकारी दिएको हो । आठौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्यद्योगिक, व्यापार मेला–२०८१ आयोजना गरिएको जानकारी गराइएको थियो ।

भोट भारत ब्यापारीक मार्गको रुपमा परापूर्व कालदेखि नै करिडोरको रुपमा रहेको मार्गमा पर्ने बेनीमा म्याग्दी महोत्सव आयोजना गर्न लागिएको हो । म्याग्दी उद्योग बाणिज्य संघको कार्यसमितिको बैठकबाट निर्णय भएर विभिन्न ३७ वटा उपसमिति निर्माण गरी महोत्सवको तयारी थालिएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको उद्घाटन २८ पुसमा हुने र समापन ८ माघमा हुने छ । महोत्सवको अवसरमा म्याग्दी उद्योग बाणिज्य संघले एक करोड ३४ लाख २९ हजार रुपियाँ आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ रुपियाँ खर्च भएर संघलाई पाँच लाख १० हजार ८६ रुपियाँ बचत गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो । महोत्सवको समयमा म्याग्दी क्षेत्र भित्र १० करोड रुपियाँ भन्दा बढीको आर्थिक कारोवार हुने लक्ष्य राखिएको संघले जनाएको छ ।

बिगत देखिनै माघे संक्रान्ति मेला बेनीमा आयोजना हुँदै आएकोमा २०५९ साल देखि म्याग्दी उद्योग बाणिज्य संघले मेला लगाउन थालेको थियो । २०५९ मा माघे संक्रान्ति मेला लगाएकोमा २०६१ मा म्याग्दी महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । दुई वर्षको अन्तरमा महोत्सव र हरेक वर्ष माघे संक्रान्ति मेला बेनीमा उद्योग बाणिज्य संघको अगुवाईमा हुँदै आएको संघका महासचिव नारायण जिसीले जानकारी दिनुभयो ।

महोत्सवमा खुल्ला लोक तथा दोहोरी गित प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय अन्तर पालिका पुरुष भलिबल तथा खुल्ला महिला भलिबल, गण्डकी प्रदेश भित्रका वडा स्तरीय बास्केटबल प्रतियोगिता, खुल्ला रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, पुख्र्यौली नाच प्रतियोगिता, म्याग्दी आइडल एकल लोकनृत्य प्रतियोगिता, जातजाति, जनजातिको झाँकी प्रतियोगिता पनि महोत्सवको अवसरमा हुनेछ । त्यस्तै महिला पुरुष छेलो हान्ने प्रतियोगिता, महिला पुरुष लाठो तान्ने प्रतियोगिता पनि महोत्सवको अवारमा हुने म्याग्दी महोत्सवका मुल संयोजक एवम् म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *