काठेखोलाको पालामा महिलाको स्वास्थ्य परीक्षण

आदर्श अनलाइन, बागलुङ
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा काठेखोला गाउँपालिकामा महिलाका लागि १ दिने अभिमुखिकरण तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले आर्थिक र सामाजिक रुपमा महिलाको शसक्तिकरण नै हिंसा न्यूनिकरणको उपाय भएको बताउनु भएको छ । काठेखोला गाउँपालिका वडा नम्बर १ र जनसेवा सामुदायिक सिकाई केन्द्र पालाको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा महिलाहरुको रक्तचाप परिक्षण, दृष्टि परिक्षण, खकार परिक्षण, एचआइभी परिक्षणसँगै स्वास्थ्य परामर्श र शिक्षा प्रदान गरिएको वडा नम्बर १ का वडा अध्यक्ष खड्क थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य तथा स्थानीय महिला समन्वय समितिका संयोजक सुन्तली विक, स्थानीय आदिवासी जनजाति समन्वय समिति संयोजक कार्यपालिका सदस्य देवि थापा मगर, धिमि करिना माविका प्रअ विष्णु माया शर्मा, पाला स्वास्थ चौकीका प्रतिनिधि शालिकराम शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *