आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–७ लाई बालमैत्री वडा घोषणा गरिएको छ ।
पुस मसान्तसम्म बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अभियान स्वरुप बानपा ७लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै गण्डकी प्रदेशसभाका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बालमैत्री नगर बनाउने अभियानले स्वास्थ्य र शिक्षा जस्ता महत्वपूर्ण क्षेत्रमा लगानी थपिएको बताउनुभयो । मन्त्री पाठकले स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेशले महत्वपूर्ण कामको थालनी गरेको बताउनुभयो । उहाँले स्वास्थ्य चौकी भवनको समेत उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नगरको विकास बालबालिका केन्द्रित भएको बताउनुभयो । उहाँले बालमैत्री नगरले देशभर सकरात्मक शन्देस दिने बताउनुभयो ।
कार्यक्रममा नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेल, पूर्व नगरप्रमुख जनकराज पौडेल, विद्यालय प्रधानध्यापक बाट सुवास कँडेल, वडा बाल सञ्जालका अध्यक्ष सम्राट जिसी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
वडाअध्यक्ष मेघनाथ गैरेसहितको समूहलाई नगरप्रमुख बसन्त कुमार श्रेष्ठले वडा घोषणाको कदर पत्र प्रदान गर्नुभएको थियो ।
बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको प्रतिवेदन बालमैत्री फोकल पर्सन सुदिप गौतमले प्रस्तुत गर्नुभएको थियो ।
यसभन्दा अघि बानपा ४, ५,७ १३, १४ र ११ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको थियो ।
प्ले कार्ड, ¥याली सहित वडा परिक्रर्मा गरेको विद्यार्थी, अभिभावक तथा बाजा गाजा कोणसभामा परिणत गरी वडा घोषणा गरिएको थियो ।
बालमैत्रीका ५१ सूचक पुरा भएपछि वडालाई बालमैत्री घोषणा गरिएको वडा बालमैत्री सहजकर्ता सावित्रा शर्माले जानकारी दिनुभयो ।
कार्यक्रम वडाअध्यक्ष मेघनाथ गैरेको अध्यक्षता, प्रकृति पौडेलको स्वागत तथा शिक्षक गोविन्द कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।