आदर्श अनलाइन, बागलुङ
राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. बागलुङको १४ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीलले सहकारीका सात सिदान्तलाई व्यवहारिक रुपमा अनुशरण गरेमा सहकारीमा समस्या नआउने बताउनुभयो । सहकारीमा अहिले धैर्यता आवश्यकता रहेको चर्चा गर्दै सुवेदीले फराकिलो सोच राखेर सहकारी सदस्यहरुलाई उद्यमशीलतामा रुपान्तरित हुन सुवेदीले आग्रह गर्नुभयो ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता राम चन्द्र शर्मा र उत्कृष्ट कारोबार गर्ने सदस्य हरिप्रसाद पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रममा शेयर सदस्यहरुको तर्फबाट बद्रीप्रसाद शर्मा पौडेल, नेपाल निजामती कर्मचारी संगठन बागलुङका अध्यक्ष श्याम कुमार थापा मगर, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य तेज प्रसाद निउरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
२ सय ८१ शेयर सदस्य रहेको सहकारीमा शेयर रकम ६१ लाख ११ हजार, कुल वचत १ करोड १४ लाख, ऋण लगानी एक करोड ७१ लाख, कुल कारोबार २ करोड १४ लाख रहेको छ ।
साधारणसभामा स्वागत मन्तव्य सहकारी संस्थाका उपाध्यक्ष सरस्वती देवी रेग्मी, संचालन सचिव सोमराज पाण्डेय र कार्यक्रमको अध्यक्षता कृष्णप्रसाद आर्चायले गर्नुभएको थियो ।
साधारणसभामा कोषाध्यक्ष माधव शर्माले प्रस्तुत गरेको आ.व. ०८०।८१ को आयव्यय बिबरण एवं आ.व. २०८१।८२ को प्रस्तावित आर्थिक प्रतिवेदनमाथि छलफलबाट सुझावसहित पारित भएको छ । त्यसैगरी सचिव सोमराज पाण्डेयको २०८०/८१ को वार्षिक प्रतिवेदन एवम् चालु आ.व. २०८१/८२ को लागि प्रस्तावित वार्षिक कार्यक्रमहरु छलफलबाट पारित भएको छ । साथै, संस्थाले सदस्यता कार्यविधि २०८१, वचत कार्यविधि २०८१, ऋण व्यवस्थापन कार्यविधी २०८१ पनि पारित गरेको शिक्षा संयोजक याम बहादुर थापा मगरले जानकारी दिनुभयोे ।