आस मारिसेका बाल्यकालका साथीलाई स्वास्थ्यमन्त्रीले आश्रममा भेटेपछि…..

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक बिहीबार पोखरा महानगरपालिका–२५, हेम्जामा रहेको मानव सेवा आश्रममा पुग्नुभएको थियो । आश्रममा रहेकाहरूको स्वास्थ्य अवस्था बुझ्न मन्त्री पाठक त्यहाँ पुग्नुभएको थियो ।

‘जुन आश्रम प्रदेश मातहतका अस्पताल नजिक पर्दछन् । ती आश्रमहरूमा महिनाको एक पटक स्पेसल डाक्टरहरूसहितको टोली गएर स्वास्थ्य परीक्षण गराउनुपर्ने मेरो सोचाई थियो । सोहीअनुसार स्वास्थ्य अवस्था बुझ्न त्यहाँ पुगेको थिए’ पाठकले भन्नुभयो ‘एक जनालाई घर सोध्ने क्रममा आफ्नै गाउँका साथीलाई भेट्टाए, परिवारले आस मारिसकेको साथीलाई भेट्टाउदा भावुक बने ।’
यसरी भयो बाल्यकालका सथीसंग पुर्नमिलन

बागलुङको अमलाचौर घर भई हाल गण्डकी प्रदेश सरकारको स्वास्थ्यमन्त्री रहनुभएका पाठक अनुगमनमा आश्रममा आउने पूर्व जानकारी गराइएको थियो । मन्त्री आउने भएपछि आश्रमका सबैलाई जम्मा गरियो । सबैसँग मन्त्रीले साक्षात्कार गरे । सबै जना बसेर मन्त्रीलाई नमस्कार गरिरहेका थिए ।

त्यहाँ रहेका १५० को बिचबाट मन्त्री नजिक आइपुग्दा एक जना उठेर मन्त्रीलाई नमस्कार गरे । एक जना मात्रै उठेपछि मन्त्री पाठकले सोध्नुभयो तपाईँको घर कहाँ ? उनी एक छिन अक्मकाए । मन्त्रीले दोहोराएर सोधेपछि उनले मलिनो सोरमा भने मेरो घर बागलुङ होे । गृहजिल्लाको भनेपछि मन्त्रीले थप प्रश्न गर्नुभयो । बागलुङ कहाँ भनेर मन्त्रीले सोधेपछि उहाँले अमलाचौर घर भएको जवाफ दिनुभयो । मन्त्रीले दोहो¥याउदै सोध्नुभयो गाउँका ककसलाई चिन्नुहुन्छ ? मन्त्रीले उनको नाम पनि सोध्नुभयो नाम भनेपछि मन्त्री एक्कासी भावकु हुनुभयो । आश्रमको माहोलै फेरियो । उनी थिए, मन्त्रीकै बाल्यकालका साथी बागलुङ अमलाचौर कालीमाटीका कुलप्रसाद ढकाल ।

नाम सुन्नासाथ मन्त्री पाठकले साथीलाई भन्नुभयो हजुर यहाँ रहेछौं, मलाई चिन्यौँ त ? मन्त्रीले १२ वर्षदेखि सम्र्कमा नआएको व्यक्तिलाई आश्रममा फेला पारेको जानकारी दिनुभयो ।

कुलप्रसाद मन्त्री पाठकका बाल्यकालका साथी रहेछन् । मन्त्री पाठककाअनुसार कुलप्रसाद र उनी बाल्यकालमा सँगै विद्यालय जाने गर्दर्थे । उनीहरूले पृथ्वी माध्यमिक विद्यालयमा अध्ययन गर्दथे । पाठक विद्यार्थी राजनीति गर्नुहुन्थ्यो भने । कुलप्रसाद राजनीतिमा चासो राख्दथे ।

त्यसपछि पाठक राजनीतिमा लाग्नुभयोे । कुलप्रसाद गाउँमै खेती किसानी गर्र्नेे र कहिलेकाहीँ भारतमा पनि जाने गर्नुभएको थियो ।

उनी पछिल्लो समय परिवारबाट समेत किरब १२ वर्षअघि देखि हराइरहेका थिए । परिवारले पनि उहाँको आस मारिसकेको थियो ।

मन्त्रीले पाठकले कुलप्रसादलाई नभेटेको पनि १५÷१६ वर्ष भएको थियो । त्यस कारण पनि उहाँले सुरुमै चिन्न सकेनन् । करिब १५ वर्षपछि अप्रत्याशित रूपमा कुलप्रसादलाई भेट्दा मन्त्री पाठक एक छिन भावुक भए ।

‘सबैले हराए भन्दथे, आस मारिसकेका थिए, अहिले आश्रममा भेटे ।’ पाठकले भन्नुभयो । त्यसपछि मन्त्री पाठकले कुलप्रसादको परिवारलाई जानकारी गराउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *