आदर्श अनलाइन, बागलुङ
इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा बागलुङका सौरभ श्रेष्ठ निर्वाचित भएका छन् । पुस ६ गतेदेखि ८ गते सम्पन्न सन् २०२५ का लागि श्रेष्ठ राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
श्रेष्ठले ६ सय ८३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उक्त चार जना राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रहनेमा ८ जनाको उम्मेदवारी परेको थियो ।
२०१५ मा बागलुङ जेसीजको सदस्य बन्नु भएका सौरभ श्रेष्ठ, कोषाध्यक्ष, महासचिव, कार्यकारिणी उपाध्यक्ष, तालिम निर्देशक हुँदै २०२३ मा शाखा अध्यक्ष हुँदै २०२३ मा राष्ट्रिय उपाध्यक्ष रहनुभएको बागलुङ जेसीजका अध्यक्ष गणेश महतोले जानकारी दिनुभयो ।
नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित हुनुभएको छ।अध्यक्षमा थापाले ७६२ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी जीवन कार्कीले ४५३ मत मात्रै प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन र कृष्ण सापकोटा विजयी भएका छन् ।
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा १२ जना निर्वाचित भएका छन् । उपाध्यक्षहरू मध्य म्याग्दी जेसीजका पूर्व अध्यक्ष सन्दीप खत्री निर्वाचित हुनुभएको छ । त्यस्तै जेसीजमा महासचिव, कोषाध्यक्ष लगायत पद भने मनोनीत हुने व्यवस्था छ।