आदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जली सभा


आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारीले शेयर सदस्यका आफन्तको निधनमा घरमै पुगेर श्रद्धान्जलीसभा र राहत हस्तान्तरण गरेको छ ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यहरु दुर्गा प्रसाद श्रेष्ठ, सुन्दर श्रेष्ठ र अजित श्रेष्ठका पुजनीय पिता तथा शेयर सदस्यहरु बबिता श्रेष्ठ, निरु जोशी श्रेष्ठ र चाँदनी श्रेष्ठका ससुरा बुवा बागलुङ नगरपालिका– २, वालमन्दिर रोड निवासी गोपाल प्रसाद श्रेष्ठको दुःखद निधनप्रति दुःख व्यक्त गर्दै घरमै पुगेर श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
श्रेष्ठको निधन भएको दशौं दिनको पुण्यतीथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाले राहत रकम हस्तान्तरण गरेको छ ।

श्रद्धाञ्जली सभामा संस्थाका सल्लाहकार सुरेश प्रसाद श्रेष्ठ, सञ्चालक अम्बिका जि.सी. र कर्जा सहायक संगिता खड्का कार्कीले सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप नगद रु. ३०,०००।– (अक्षरुपी तीस हजार रुपैयाँ मात्र) स्वर्गीय श्रेष्ठको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा रु.१५ हजार र शेयर सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा रु.५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकाल देखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *