आदर्श अनलाइन, बागलुङ
गण्डकी सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य मन्त्रालयले उच्चतम नतिजा प्राप्त गर्ने गरी काम गरिरहेको बताउनुभएको छ ।
सरस्वती प्राथमिक विद्यालय काठेखोला गाउँपालिका ८ लेखानीको ३६ औँ वार्षिक उत्सव कार्यक्रमको उद्घाटन पछि बोल्दै मन्त्री पाठकल स्वास्थ्य र शिक्षा गण्डकी प्रदेशको प्राथमिकतामा परेको बताउनुभयो । उहाँले आफू मन्त्री भएपछि स्वास्थ्य क्षेत्रमा फड्को मार्ने गरी काम गरिरहेको बताउनुभयो ।
प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारका लागि अल्पकालीन मध्यकालीन र दीर्घकालीन योजना बनाएर सही योजना अनुरुप काम गरिरहेको मन्त्री पाठकले जानकारी दिनुभयो ।
मन्त्री पाठकले शिक्षा क्षेत्रमा राज्यले लगानी गरे अनुसार प्रतिफल प्राप्त नभएको गुनासो गर्नुभयो । समय अनुकूल शैक्षिक नीति तर्जुमा गरेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा शिक्षक अभिभावक विद्यार्थी र राज्यले पनि ध्यान दिनुपर्ने मन्त्री पाठकको भनाइ थियो । सामुदायिक विद्यालयको नतिजा सुधारका लागि अभिभावकको महत्वपूर्ण भूमिका हुने हुँदा विद्यार्थीको शिक्षण सिकाई क्रियाकलापमा अभिभावकले पनि बढी ध्यान दिनुपर्ने मन्त्री पाठकले बताउनभुयो ।
सामुदायिक विद्यालयको नतिजा सुधारका लागि अभिभावकको महत्वपूर्ण भूमिका हुने हुँदा विद्यार्थीको शिक्षण सिकाई क्रियाकलापमा अभिभावकले पनि बढी ध्यान दिनुपर्ने मन्त्री पाठकले बताउनभुयो ।
वार्षिक उत्सव कार्यक्रममा काठेखोला गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष परमानन्द कँडेलले नागरिकका आधारभुत आवश्यकता पुरा गर्ने स्थानिय, प्रदेश र संघ सरकार वीच तालमेल आवश्यक रहेको बताउनभुयो ।
सामुदायिक विद्यालय विपन्न विद्यार्थीले मात्र अध्यन गर्ने थलो बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष कँडेलले सामुदायिक विद्यालयको गुणस्तर उकास्न सबैले हातेमालो गर्नु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा समाजसेवी विश्व गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गादेवी थापाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रभा थापाले कक्षाकोठा शैक्षिक सामग्री दरबन्दी लगायतका समस्या विद्यालयले झेलिरहेको बताउनुभयो ।
विद्यालयमा तीनजना शिक्षकको मात्र दरबन्दी रहेको पाँचजना शिक्षक निजी स्रोतमा र एकजना बालविकास सहजकर्ता पनि निजी स्रोतमा रहेको उनले जानकारी दिनुभयो । विद्यालयमा २८ जना विद्यार्थीले अध्ययन गरिरहेको उहाँले बताउनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद निउरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।