आदर्श अनलाइन, बागलुङ
यही पौष मसान्त भित्र नगरपालिकालाई नै बालमैत्री स्थानिय शासनयुक्त नगर घोषणा गर्ने लक्ष्य राखेको बागलुङ नगरपालिकाले वडा नं. ३ लाई बालमैत्री स्थानिय शासन युक्त वडा घोषणा गरेको छ । आईतबार गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले वडालाई बालमैत्री स्थानिय शासन युक्त वडा घोषणा गरेका छन ।
घोषणा सभामा बोल्दै सुवेदीले बालबालिकालाई औपचारिक शिक्षा मात्र नभएर व्यवहारिक शिक्षा गर्नु आजको आवश्यकता रहेको बताए ।
उनले तिन तहकै सरकारले भौतिक विकास मात्र नभएर मानविय विकासमा पनि जोड दिन जरुरी रहेको बताए । पछिल्ला समयमा बालबालिकाको क्षेत्रमा लगानी बढि नै भएता पनि यसको प्रतिफल के कति प्राप्त भएको छ त्यो मुल्याङ्कन गर्न जरुरी सुवेदीको भनाई थियो । ‘बालबालिकाको क्षेत्रमा धेरै लगानी भएको छ । र त मृत्युदर पनि कम हुँदै गएको छ सांसद सुवेदीले भने,–‘लगानी गरे अनुसार बास्तविक प्रतिफल कति प्राप्त गरेका छौं त्यो पनि मुल्याङ्कन गर्न जरुरी रहेको छ । बालबालिकामा गरेको लगानी भोलीका दिनमा खेर नजाने वातावरण सवैले सिर्जना गरौं ।’
उनले पछिल्लो समयमा सवैमा चेतनाको स्तर बढ्दै गएता पनि बालबालिकाको अधिकार हनन हुने घट्ना भने कम हुन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले बालमैत्री स्थानीय शासन युक्त नगरपालिकाले मानव विकासमा टेवा पु¥याउने विश्वस्त रहेको बताए ।
सुवेदीले समृद्ध नेपाल निर्माणका लागि भौतिक पूर्वाधारको विकासले मात्रै नभएको भन्दै मानव विकासको सुचाङ्कमा बालमैत्री स्थानीय शासनले थप सहयोग गर्नेमा विश्वास व्यक्त गरे । बालबालिकाको हक र अधिकारको क्षेत्रमा बालमैत्री अभियानको घोषणा सँगै नगरपालिकाले आफ्ना कार्यक्रमलाई सफलता उन्मुख बनाउन उनको भनाई छ ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नगरपालिका मानव विकास केन्द्रित भएको भन्दै नगरलाई बालमैत्री शासन युक्त बनाउने अभियानलाई पहिलो प्राथमिकतमा राखेको बताए । उनले बागलुङ नगरपालिकामा आफु निर्वाचित भएपछि आएको पहिलो निर्णय कार्यान्वयनको पक्षमा रहेको जानकारी गराउँदै यो अभियानमा सवैले सघाउनका निम्ती आग्रह समेत गरे ।
कार्यक्रममा पुर्व नगरप्रमुख जनकराज पौडेल, बागलुङ नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, अमर आर्दश विद्यामन्दिरका विद्यार्थी सन्ध्या थापा, कालिगण्डकी आवसीय माविका विद्यार्थी संगम क्षेत्री लगायतले बोलेका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले नाटक् नृत्य र गित संगित मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । यसभन्दा अघि बागलुङ नगरपालिकाका वडा नं. १,२,४,५,६,७, ११, १३, र १४ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छि ।
बालमैत्रीका ५१ सूचक पुरा भएपछि वडालाई बालमैत्री घोषणा गरिएको वडा कार्यालयले जनाएको छ । कार्यक्रम वडा अध्यक्ष सोनी केसी लक्ष्मणको अध्यक्षता वडा सदस्य अर्जुन खड्काको प्रगती प्रतिवेदन कार्यपालिका सदस्य धनमाया शर्माको स्वागत तथा शिक्षक निसान खड्का र सरिता पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।