स्वास्थ्यमन्त्री पाठकद्वारा मानव सेवा आश्रम बागलुङको निरिक्षण


आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले मानव सेवा आश्रम बागलुङ शाखाको निरिक्षण गर्नुभएको छ ।
मानव सेवा आश्रमको आठौ शाखाको रुपमा स्थापना भएको अहिले ६३ जना आश्रित रहेका थिए । उनिहरुको स्वास्थ्यअवस्था बुझ्न स्वास्थ्यमन्त्री पाठक आश्रम अवलोकनमा पुग्नुभएको थियो । उहाँले आश्रममा रहेकाको नियमित स्वास्थ्य परिक्षण आश्रम अन्र्तगतको अस्पतालमा गर्ने व्यवस्था मिलाउने बताउनुभएको छ ।

आश्रममा ४७ जनाले नियमित औषधी सेवन गरिरहनुभएको, नयाँ भवन सम्पन्न नहुँदै असहज भएको जस्ता विषयमा जानकारी लिनुभएको थियो ।


स्वास्थ्यमन्त्री पाठकले महिनाको एक पटक धौलागिरि अस्पताल र बेनी जिल्ला अस्पतालबाट निशुल्क स्वास्थ्य परिक्षण गराउन सम्बन्धीतलाई निर्देशन दिनुभएको थियो । मन्त्री पाठकले आश्रमको अभिभावको रुपमा स्वास्थ्य मन्त्रालयले उपचारका लागि सहयोग पु¥याउने बताउनुभयो ।

मानव सेवा आश्रयमा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको आश्रमले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *