विवाईसीको ३३ औं वार्षिक साधारण सभा

आदर्श अनलाइन, बागलुङ

बागलुङमा सक्रिय गैर सरकारी संस्था विवाईसी बागलुङले ३३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । विवाईसी बागलुङको ३३ औं वार्षिक साधारण सभा सोमबार उपल्लाचौरमा सम्पन्न भएको छ ।

साधारण सभाको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि बोल्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले विवाईसी बागलुङले सामाजिक कामदेखि विकास निर्माणका काममा विवाईसीको सक्रियता रहेको बताउनुभयो ।

उहाँले विपन्न नागरिकको जिविकोपार्जनमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले विवाईसीले अन्तराष्ट्रिय साझेदारी संस्था, केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर बागलुङ जिल्लाभर विभिन्न कार्यक्रम संचालन गर्दै नागरिकको जिविकोपार्जन, स्वास्थ्य, शिक्षामा काम गरिरहेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका निर्वतमान नगरप्रमुख जनकराज पौडेल, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, विवाईसी बागलुङका संस्थापक अध्यक्ष टिकाराम सापकोटा, सल्लाहकार डिल्लीराज गौतम, पूर्व अध्यक्ष अमर बहादुर थापा, काठेखोला गाउँपालिकाका वडा नम्बर २ भीमापोखराका वडाअध्यक्ष विद्यापति शर्मा र गैरसरकारी महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा, स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्री, धौलागिरी अस्पताल बागलुङका सुपरिटेन्डेन्ट डाक्टर किरण तिवारी र भिएसओ नेपालका कार्यक्रम संयोजक राजभक्त डङ्गोलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारण सभामा विवाईसीका सचिव विक्रम शर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजु निउरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संस्थाका संस्थापक विद्यापति शर्मा र कर्मचारी विष्णु पौडेललाई सम्मान गरिएको थियो । यस्तै परियोजनासँग समन्वय गरेर उत्कृष्ट कार्य गरेको भन्दै ताराखोला गाउँपालिका–३ को हिल स्वास्थ्य चौकी, जैमिनी नगरपालिका–४ सर्कुवाको सर्कुवा स्वास्थ्य चौकी, काठेखोला गाउँपालिका–४ तंग्रामको मुक्तिनाथ आधारभूत विद्यालय र जैमिनी नगरपालिका–३ दमेकको शिवालय आधारभूत विद्यालयलाई सम्मान गरिएको थियो ।

विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गंगा कुमारी शर्माको स्वागत मन्तव्य र सचिव विक्रम शर्माले संचालन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *