अनेमसंघ बेनीको अध्यक्षमा शाही

आदर्श अनलाइन, म्याग्दी

नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ बेनी नगरकमिटीको दोश्रो नगर अधिवेशन बाट कृष्ण कुशुम चन्द शाही अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

सोमबार बेनीमा भएको नगर कमिटीको दोश्रो अधिवेशनबाट उपाध्यक्षमा सुन्तली जिसी, सचिव शारदा राना, सहसचिव पुष्पा थापा र कोषाध्यक्षमा साधाना श्रेष्ठ चयन हुनभएको छ । त्यसैगरी सदस्यहरुमा निर्मला शर्मा सापकोटा, लक्ष्मी सापकोटा, रेखा कुँबर, लक्ष्मी खत्री, मायाँ दर्जी, अस्मिता श्रेष्ठ, सुन्तली केसी, रस्मिता मिजार र जानकी शर्मा चयन हुनु भएको नव निर्वाचित अध्यक्ष कृष्णकुशुम चन्दले जानकारी दिनुभयो ।

यस अगाडी भएको उद्घाटन सत्रमा बोल्दै अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव नरदेवी पुनले महिलाहरुले आफ्नो घर परिवार मात्रै हेर्ने भन्ने मानसिकताबाट सबै बाहिर आउनु पर्ने धारणा राख्नु भएको थियो ।

नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि महिलाहरुले सभामुख, राष्ट्रपति तथा सर्वोच्च अदालतको मुख्य न्यायाधिश बनि सकेको हुनाले हामी कमजोर छौं भनेर पछाडी हट्न नहुने उहाँले बताउनुभयो । म्याग्दी जिल्लामै पनि नेकपा एमालेको जिल्लाको हालको सचिव पनि महिला हुनुहुन्छ तर उहाँ कसैले दिएको वा निर्धारण गरेको कोटा भन्दा पनि खुल्ला तबरले आउनु भएको हो । सबै महिलाले खुल्ला प्रतिस्पर्धा गरेरै अगाडी बढ्ने हिम्मत राख्नु पर्ने र प्रयास गर्दा सफल भइने उहाँको भनाई थियो ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीलेले नेकपा एमालेले महिलाहरुको पक्षमा काम गर्दै आएकोले ढुक्क भएर देश परिवर्तनको मार्गमा सबै एकबद्ध भएर एमालेमा आउनु पर्ने धारणा राख्नु भएको थियो । पार्टीले हरेक तह र तप्कामा सबैलाई समेटेर अगाडी बढ्ने भएकोले पनि महिलाहरुले आफ्नो नेतृत्व विकास गर्नुका साथै नेतृत्वका लागि दावेदारी पनि गर्नु पर्ने उहाँको भनाई थियो ।

बेनी नगरपालिकाका निर्वाचित नगर प्रमुख सुरत केसी, नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य सृजना केसी, नेकपा एमाले म्याग्दीकी सचिव थमसरा पुन, अनेम संघ प्रदेश कमिटी सचिव खरमायाँ बिटालु, अनेमसंघ जिल्ला कमिटी म्याग्दीकी अध्यक्ष यसुदा रोकालगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

अखिल नेपाल महिला संघ बेनी नगरकमिटीकी अध्यक्ष मिना राम्जालीका अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सारदा रानाले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *