आदर्श अनलाइन, बागलुङ
म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले आयोजना गरेको खुल्ला फोटो प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले हात पार्नुभएको छ ।
म्याग्दी जिल्ला भित्र ओझेलमा परेका पर्यटकीय, धार्मिक तथा सांस्कृतिक स्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघले संयुक्त रुपमा आयोजना गरेको मोना आयोजित प्रतियोगिताको प्रतिस्पर्धामा सहभागी रहेको फोटोले पहिलो स्थान हासिल हासील गर्दै नगद एक लाख रुपियाँ समेत हात पारेको हो ।
गौतमले खिचेको बेनी नगरपालिका–५, मा रहेको पवित्र धार्मिक ग्रन्थ रामायण सँग पनि जोडिने पौराणिक तथा पर्यटकीय स्थल पुलहाश्रम क्षेत्रको फोटोले पहिलो पुरस्कार जितेको हो ।
सोमबार म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा स्टुडेन्ट भाइब्स एजुकेशन एण्ड भिजा सर्भिसेसको मुख्य प्रायोजन सम्पन्न प्रतियोगिताको पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा दोस्रो पुरस्कार बेनी नगरपालिका–९, तोरीपानीका मिलन खत्रीले खिचेको ढोलठान दरबार र तेस्रो रघुगंगा गाउँपालिका–३ पिप्लेका भविन्द्र शाहीले खिचेको भगवती मन्दिरले प्राप्त गरेको थियो ।
त्यस्तै बागलुङका सन्दिप शर्माको म्याग्दीको जलजलाको तस्वीरले नगद ५० हजार रुपियाँ सहित म्याग्दी च्याम्बर अवार्ड जितेको छ भने दोस्रो र तेस्रो हुने फोटोलाई क्रमशः ५० हजार र २५ हजार रुपियाँ नगद सहित सम्मानपत्र र विभिन्न विधाका बिजेताले ५ हजार रुपियाँ नगदले सम्मान गरिएको थियो ।
प्रतियोगितामा धनीलाल गर्वूजा मगरको लिंगों जुधाउने फोटोले कला संस्कृती अवार्ड, देवी जिसीको मालिकाधुरीले धार्मिक अवार्ड, खड्गबहादुर छन्त्यालको ताकम स्थित हनुमान मुर्तिले मोष्ट कमेन्ट अवार्ड, मधुकर सुवेदीको ताकमकोट मन्दीरले मोष्ट शेयर अवार्ड, घनश्याम खड्काको फुच्चे गुराँसले रिसर्चवेस अवार्ड, धनबहादुर श्रीषको बोयर बोकाले मोष्ट रिच अवार्ड, असिम चोखालको अन्नपूर्ण प्रथम हिमाल फेदीको हिमतालले मोष्ट लाईक अवार्डले प्राप्त गरेको थियो ।