धम्जामा एमालेको वडा अधिवेशन : डा सुर्य पाठकद्वारा उद्घाटन

आदर्श अनलाइन, बागलुङ

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ इन्चार्ज डा.सुर्य पाठकले एमालेका संगठित सदस्य जस्तोसुकै परिस्थितीमा पनि पार्टीको विचार, सिद्धान्तको पक्षमा उभिने बताउनु भएको छ ।

काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाको अधिवेशनको उद्घाटन गर्दै पाठकले एमालेको जनमत संरक्षण, जनवर्गिय संगठनको विस्तार र पार्टीका गतिविधी विस्तारको लागि वडा कमिटीले काम गर्नुपर्ने बताउनु भएको थियो ।
स्थानीय तह, प्रदेश र केन्द्रमा नेकपा एमालेको बहुमतको सरकार निर्माणका लागि पार्टिका वडा कमिटी, गाउँ÷नगर कमिटी र जनवर्गिय संगठनहरु पार्टीको निर्देशन अनुरुप परिचालन हुनुपर्नेमा उहाँले जोड दिनु भएको थियो ।

नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले बागलुङ जिल्लामा नेकपा एमालेलाई पहिलो राजनीतिक शक्तिका रुपमा स्थिपित गर्न पार्टीका संगठित सदस्यमात्र नभएर आस्था राख्ने सम्पूर्ण व्यक्तिहरु समेत लाग्नु पर्ने बताउनु भएको थियो ।

वडा अधिवेशनको उद्घाटन कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य भरत पुरी, अमर थापा, नेकपा एमाले काठेखोला गाउँपालिका अध्यक्ष डिलबहादुर कार्की, मुक्ती समाजका इन्चार्ज धनबहादुर परियार, अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष कालिका सापकोटा, जिल्ला कमिटी सदस्य कुलबहादुर विक, यामबहादुर श्रीष लगाएतले बोल्नु भएको थियो ।

अधिवेशनको उद्घाटन शत्र वडा कमिटी अध्यक्ष खिमबहादुर छन्त्यालको अध्यक्षता, सचिव सुर्य भण्डारीको सञ्चालन र उपाध्यक्ष प्रेम घर्तीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

अधिवेशन सम्पन्न गर्नका लागि गोपाल श्रीषको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरिएको छ । निर्वाचन मण्डलको सदस्यमा शान्ति भण्डारी हुनुहुन्छ । त्यसैगरी कुलबहादुर विकको संयोजकत्वमा अध्यक्ष मण्डल चयन गरिएको छ । अध्यक्ष मण्डलको सदस्यमा यामबहादुर श्रीष, तिलक खड्का र मनोज विक रहनु भएको छ ।

कार्यक्रममा काठेखोला गाउँपालिका वडा नम्बर ३ का पूर्व जनप्रतिनिधि समेत रहेका राष्ट्रिय जनमोर्चाका पूर्व अध्यक्ष पूर्णबहादुर थापा नेकपा एमालेमा प्रवेश गरेको अध्यक्ष मण्डलका सदस्य तिलक खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *