गणेश मावि ४४ औं वार्षिकोत्सव मनाइयाे

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका –१४ नारायणस्थानमा रहेको गणेश माध्यामिक विद्यालयको ४४ औं वार्षिकोत्सव सम्पन्न भएकाे छ । वार्षिकाेत्सवकाे उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बदलिँदो युगसंगै शिक्षा क्षेत्रमा पनि आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभयाे।

उहँले विद्यार्थीले प्रारम्भिक शिक्षा प्राप्त गर्न पाउने नैसर्गिक अधिकार रहेकाले आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउनका लागि अभिभावकलाई आग्रह गर्नुभयाे । उहाँले महंगो बन्दै गएको शैक्षिक क्षेत्रलाई राज्यले जनमैत्री, सुगम र गुणस्तरियुक्त बनाउन, सामान्य नागरिककका बालबालिकाले शिक्षा आर्जन गर्ने थलो र वातावरण निर्माण गर्नुपर्ने बताउनुभयाे ।

मन्त्री पाठकले दुर्गमका जनता अब स्वास्थ्य सेवाबाट बन्चित हुनुनपर्ने बताउनुभयाे । ‘गण्डकी प्रदेश सरकार ग्रामिण क्षेत्रका जनताको स्वास्थ्यप्रति सधैं सचेत छ’ पाठकले भन्नुभयाे – ‘त्यसका लागि दुर्गमका स्वास्थ्य संस्थाहरुको स्तरोन्नतीको काम भईरहेको छ ।’

वर्षिकोत्सवकै अवसरमा विद्यालयमा नवनिर्मित बालउद्यानको उद्घाटन गरिएको छ । बालउद्यान निर्माणका निम्ती गण्डकी प्रदेश सरकारबाट ५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । वार्षिकोत्सवको अवसरमा बागलुङ नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष चक्रबहादुर खत्री, वडा नं. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, वडा नं.१२ का वडा अध्यक्ष कोपिलामणी शर्मा नेकपा एमाले बागलुङ नगरकमिटीको सचिव धुव्र श्रेष्ठ, नेपाल शिक्षक संघ बागलुङका प्रतिनिधि घनश्याम रिजाल, त्रिभुवन मावि पैयुँपाटाका प्रधानाध्यापक कृष्ण प्रसाद शर्मा, स्थानिय समाजसेवी तथा सम्मानित व्यत्ति लेखनाथ सुवेदी, विद्यालयका पूर्व विद्यार्थी तथा स्याङ्जा जिल्लाका प्रहरी उपरिक्षक शालिग्राम शर्मा लगायतले विद्यालयको शैक्षिक विकासका निम्ती सवैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयाे।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एकनाथ रिजालले विद्यालयको प्रगती तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । विद्यालयमा हाल ७१८ विद्यार्थी अध्ययनरत रहेका छन । जसमध्ये १ सय जना विद्यार्थी बाहिरी वडा र बाहिरी जिल्लाका रहेको प्रधानध्यापक रिजाल बताउनुहुन्छ। कक्षा १२ सम्म संचालन भएको यस विद्यालय धौलागिरी क्षेत्रकै नमुना विद्यालयको रुपमा परिचित रहेको छ । सो कारण देशका अन्य विद्यालयबाट पनि शैक्षिक भ्रमणका लागि विद्यार्थी र शिक्षकहरु आउने गर्दछन् । विद्यालयले आफ्नै मातहतमा छात्राबास पनि संचालन गरेको छ हाल ५० जना विद्यार्थी छात्रावासमा बसेरै अध्ययन गर्ने गरेको प्रधानाध्यापक रिजालले जानकारी दिनुभयाे।

कार्यक्रममा विद्यालयलाई विभिन्न स्तरबाट सहयोग गर्ने सहयोग दाता, पुर्व विद्यार्थी, शिक्षक लगायतलाई सम्मान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालयमा विभिन्न खेलकुदका कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द ढकालको अध्यक्षता व्यवस्थापन समितिका सदस्य स्वर्गेन्द्र बहादुर खत्री र विद्यार्थी सदिक्षा सुनारको स्वागत तथा नारायण श्रेष्ठ र शिक्षक केशव शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *