आदर्श अनलाइन, बागलुङ
पतञ्जलि योग समिति नेपालको आयोजनामा सञ्चालन भएको १५ दिने सह–योग प्रशिक्षक प्रशिक्षणमा सहभागी भएका बागलुङको राधाकृष्ण साधना केन्द्रका साधक साधिका दिक्षित भएका छन् ।
भर्चुअल माध्यमबाट पुस ८ गतेदेखि सुरु भएको प्रशिक्षणमा बागलुङका ८ जना साधक साधिका सहभागी भएका थिए ।
समितिद्वारा सञ्चालित २४ औँ समुहको प्रशिक्षणमा बागलुङसँगै देशभरका ३ सय जना भन्दा बढी साधक साधिकाले सहभागिता जनाएको पतञ्जलि योग समितिका केन्द्रीय प्रभारी लवदेव मिश्रले बताउनु भयो ।
प्रशिक्षणमा सहभागी भएका देशभरका साधक साधिका सोमबार एकसाथ दिक्षित भएका हुन् ।
भर्चुअल माध्यमबाट भएको प्रशिक्षणमा पतञ्जलि योग समिति नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्र, वरिष्ठ प्रशिक्षक खुमानन्द ज्ञवाली, साब्धी देव कृपा, युवा संयोजक लोकनाथ खनाल लगाएतले प्रशिक्षण दिनु भएको थियो ।
बागलुङ साधना केन्द्रमा पतञ्जलि योग समिति बागलुङका प्रभारी हिराबहादुर केसी, मन्त्री अमृत कंडेल, महिला पतञ्जलि योग समिति बागलुङका प्रभारी कल्पना श्रेष्ठ र उपप्रभारी सीता सापकोटाले प्रशिक्षण दिनु भएको थियो ।
प्रशिक्षणमा सहभागी भएका साधक साधिकाले पतञ्जलि योग समिति नेपालद्वारा सह–योग प्रशिक्षको प्रमाणपत्र प्राप्त गर्ने छन् । महर्षि पतञ्जलीद्वारा प्रति पादित योग दर्शनका विधी, मन्त्र र आर्युवेदको बारेमा समेत प्रशिक्षण गराईएको थियो ।