आदर्श अनलाइन, बागलुङ
म्याग्दी बहुमुखी क्याम्पसको क्याम्पस सभाबाट सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्रकुमार श्रेष्ठ चयन हुुनुभएको छ ।
क्याम्पसको ३४ औ बार्षिक उत्सव तथा २३ औँ क्याम्पस सभाबाट श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय सञ्चालक समिति चयन भएको हो ।
क्याम्पस सञ्चालक समितिको उपाध्यक्षमा दिपक बिखर्ची, कोषाध्यक्ष सेरबहादुर केसी रहनु भएको छ । त्यस्तै गरी सञ्चालक समितिका सदस्यहरुमा दुर्गाराम सुुवेदी, ठाकुरप्रसाद शर्मा, किरण सापकोटा, बिक्रम बोगटी, बिनोद प्रसाद शर्मा, मनोज पौडेल, घनश्याम खड्का र ज्ञानेन्द्रकुमार श्रेष्ठ चयन हुनभएको सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिको सदस्य सचिव क्याम्पस प्रमुख रहने व्यवस्था बमोजिम श्रीधर सुवेदी सञ्चालक समितिको सदस्य सचिव रहनुहुनेछ ।
म्याग्दी बहुमुखी क्याम्पसमा हाल कक्षा ११, १२, स्नातक र स्नातकोत्तरमा गरी एक हजार भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेका छन् । क्याम्पसमा विद्यार्थीको आर्कषण बढाउने गरी थप नयाँ कार्यक्रमहरूलाई समेत प्राथमिकता दिने नवनिर्वाचित अध्यक्ष श्रेष्ठको भनाई छ । पछिल्लो समय क्याम्पसले पठनपाठन सहित उद्यमशिलता तालिम समेत सञ्चालन गरिरहेको छ ।