बहुउद्देश्यीय सहकारी संघको साधारणसभा

आदर्श अनलाइन, बागलुङ
बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङको दशौ वार्षिक साधारणसभा मंगलवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु)ले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै उहाँले सहकारी अभियानमा देखिएका समस्या समाधानका लागि संघहरुको भूमिकालाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । सहकारी समुदायका लागि अपरिहार्य छ, सहकारीप्रति निराशा देखिएको समयमा अभियानकर्मीहरुको सक्रियता र समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो ।

बहुउद्देश्यीय सहकारी संघका सल्लाहकार राम बहादुर जिसीले सरकारले ल्याएको अध्यादेशका बारेमा जानकारी गराउदै अध्यादेशमा कर्जा सूचना केन्द्रको व्यवस्था गरेका कारण सहकारीबाट ऋण लगेर नतिर्नेहरुलाई जिम्मेवार बन्न दवाव दिएको बताउनुभयो । संघका सल्लाहकार अशोकगोविन्द राजभण्डारीले बजारमा चल्ने नकरात्मक हल्लालाई सदस्यहरुको सहयोगमा सकारात्मक बनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख अमृत श्रेष्ठ, ग्रामिण विकास बहुउद्देश्यीय सहकारी संस्थाका प्रमानन्द पौडेल, कालीगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका उमादेवी शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम संघका अध्यक्ष दुर्गा बहादुर कुँवरको अध्यक्षता, उपाध्यक्ष शिवकला थापाको स्वागत र सचिव चुडामणी आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
साधारणसभाले सचिव आचार्यले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष रेशम थापा मगरले प्रस्तत गरेको आर्थिक प्रतिवदन र लेखा सुपरीवेक्षण समितिका संयोजक हुम बहादुर थापाले प्रस्तुत गरेको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *