तंग्राममा निःशुल्क आँखा उपचार तथा डेन्टल शिविर

आदर्श अनलाइन, बागलुङ
बागलुङको काठेखोला गाउँपालिका–४ तंग्राममा निःशुल्क आँखा उपचार तथा डेन्टल शिविरबाट ३३२ जना लाभाम्वित भएका छन् । लायन्स क्लव काठेखोला, पञ्चकोट र टाइगर टिमको आयोजना तथा काठेखोला गाउँपालिकाको समन्वयमा बुधबार संचालन शिविरबाट स्थानीयले सेवा लिएका हुन् ।

विशिरमा मोतियाबिन्दुको शल्यक्रिया, चस्मा विवतरण र औषधी वितरण गरिएको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रका नागरिकलाई सहज रुपमा सेवा दिनका लागि शिविर संचालन गरेको उहाँको भनाइ छ । खास गरि वृद्धवृद्धाहरुमा आँखामा समस्या हुने हुँदा लायन्स क्लवसँग सहकार्य गरेर शिविर संचालन गरेको अध्यक्ष थापाले बताउनुभयो ।

स्थानीय ९० वर्षीय बदुरे नेपालीले आँखामा लामो समयदेखि समस्या आए पनि आर्थिक अभावका कारण अस्पताल जान नसेको भन्दै गाउँमा भएको शिविरबाट सेवा लिएको बताउनुभयो । गाउँमै निःशुल्क आँखाको उपचार गराउन पाउँदा खुसी लागेको सुनाउनुभयो । गाउँमा यस्ता खालका शिविरहरु समय–समयमा भईराखे आफूहरु जस्ता न्यून वर्गका नागरिकलाई सहज हुने नेपालीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *