बागलुङ एकता क्लबको आयोजनामा रक्तदान, एकता स्मृति कप फुटबल प्रतियोगिता हुदैं

रोहन जि.सी, बागलुङ

जाडोको याममा जिल्लामा रगतको अभाव हुन नदिन बागलुङ एकता क्लब बागलुङको आयोजनामा रक्तदान कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा १५ पिन्ट रगत सङ्कलन भएको क्लबका सचिव रमेश भण्डारीले बताउनुभयो ।

उहाँले रक्तदान कार्यक्रममा रगत दिनेहरुको ठुलो उत्साह देखिएको जनाउँदै समाजमा सचेतना दिन सकिए अझै धेरै रगत सङ्कलन हुन सक्ने देखिएको बताउनुभयो ।

रक्तदान कार्यक्रमबाट आफुहरु निकै उत्साहित भएको जनाउँदै यसलाई निरन्तरता दिने योजना बनाइरहेको स्थानिय विश्वास थापाले बताउनुभयो ।

मानवको जीवन रक्षा तथा सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियान सुरु गरिएको जनाउँदै समुदायमा रगत दिनुपर्ने सचेतना अभिवृद्धिका लागि पनि रक्तदान कार्यक्रम गरिएको बागलुङ एकता क्लबका अध्यक्ष इन्सान थापाले बताउनुभयो ।

समाजमा रक्तदान गर्ने जागरुकता अभिवृद्धिका लागि रक्तदान कार्यक्रमलाई निरन्तरता दिने बागलुङ एकता क्लब बागलुङले जनाएको छ ।

त्यस्तै बागलुङ एकता क्लबको आयोजनामा खेलकुदको पहिचान, एकताको अभियान भन्ने मूल नाराका साथ दोस्रो स्मृति कप फुटबल प्रतियोगिता २०८१ हुन गईरहेको छ ।

पौष २९ देखी माघ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टोलीले १ लाख २२ हजार २२२, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता हुने टोलीले ६६ हजार ६६६, ट्रफी, मेडल र प्रमाणपत्र साथै विभिन्न विधागत पुरस्कार रहेको कार्यक्रम संयोजक साहिल खड्काले जानकारी दिनुभयो ।

उक्त प्रतियोगिता बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्‌गेचौर खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *