गोर्खा भूपू सैनिक बचत तथा ऋण सहकारीको वार्षिक साधारणसभा

आदर्श अनलाइन, म्याग्दी
बेनी नगरपालिका–७ मा रहेको गोर्खा भुतपुर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड १३ औं वार्षिक साधारणसभा बिहीबार बेनीमा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष खुमबहादुर बानियाँले अहिलेको सञ्चालक समितिले कुनै पनि काम गर्दा कम खर्चमा तडकभडक बिहीन तरीकाले सञ्चालन गर्दै आएको बताउनुभयो । संस्थामा रहेको बचत फिर्ता लिन चाहने शेयर सदस्यहरुलाई आवश्यकताको आधारमा नियम अनुसार बचत फिर्ता गर्दै आएको र यसलाई निरन्तरता दिँदै सहकारीको हितमा पनि अगाडी बढ्दै गएको उहाँको भनाई थियो ।

देशैभर सहकारीहरुमा केही कतै समस्या देखिएको भए पनि हाम्रो सहकारीमा कुनै पनि प्रकारको अपचलन नभएको र सदस्यको बचत रकम सदस्यहरुमै लगानीमा रहेको उहाँको तर्क थियो । निश्चित अवधि तोकेर मुद्दतीमा राखेको रकमलाई सोही अनुरुप नै लगानि गरीने भएकाले लगानि उठ्न तोकिएको समय सम्म पर्खनु पर्ने हुँदा हल्लाको भरमा आफ्नो रकम फिर्ता गर्न धेरै व्यक्ति आउँदा जो कसैलाई पनि समस्या पर्ने बानियाँको भनाई थियो । सहकारी संस्थाले राज्यले निर्धारण गरेको ऐन कानुनको अधिनमै रहेर कार्य गर्ने प्रयास गरेकोले सहकारीमा समस्या छैन ।

कार्यक्रममा शेयर सदस्यहरुले संस्थाको बारेमा चासो राख्दै संस्थाको कार्यालयमा आएर नियमित अनुगमन र संस्थाको अवस्थाको बारेमा जानकारी लिने गर्न आग्रह गरेका थिए । उनीहरुले संस्थालाई मजबुत र राम्रो बनाएर अगाडी लैजानका लागि सबै शेयर सदस्यहरुले भूमिका खेल्नु पर्ने बताएको थिए । शेयर सदस्यहरु सकभर मासिक रुपमा कार्यालयमा आउने तथा दैनिक एवम् आवधिक बचत जस्ता कार्यमा पनि सबै शेयर सदस्यहरु सहभागी हुनु पर्नेमा कार्यक्रममा सहभागी सदस्यहरुले जोड दिएका थिए ।

संस्थाका अध्यक्ष खुमबहादुर बानियाँको अध्यक्षता, उपाध्यक्ष जसबहादुर पुनको स्वागत र सचिव रमेश फगामीको सञ्चालनमा सम्पन्न साधारणसभामा कोषाध्यक्ष कृष्णबहादुर पुन र लेखा समिति संयोजक प्रेमबहादुर भण्डारीले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *