निलगिरी सहकारीको अध्यक्षमा केसी

आदर्श अनलाइन, बागलुङ
बागलुङ सदरमुकाममा मुख्य कार्यालय रहेको निलगिरी बचत तथा ऋण सहकरी संस्थाको १७ औं बार्षिक साधारण सभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवं पुर्व मन्त्री दिपेन्द्रबहादुर थापाले समाजमा छरिएर रहेको पुँजीलाई सहकारीले एकिकृत गरेको बताए । उनले सहकारीको माध्ययमबाट निम्न वर्गिय आम नागरिकलाई उद्यमशिल, स्वरोजगार र आत्मनिर्भर बन्नका लागि सहयोग पु¥याईएको बताए ।

थापाले सहकारी क्षेत्रमा देखिएका आशिंक अनियमितता र अपचलनका छिटफुट घटनाले समग्र सहकरी क्षेत्रमा असर गरिरहेको बताउँदै सरकारले हालै ल्याएको अध्यादेशले सहकारी नियमन गर्नका लागि सहज हुने विश्वास व्यक्त गरे । उनले सहकारीताको मर्म र भावना अनुसार शेयर सदस्यले कारोबार गरी संस्थाको पारदर्शिता र अनुसान कायम राख्दै पुँजीलाई उत्पादन सँग जोड्न आग्रह गरे ।

कार्यक्रममा संस्थाका सल्लाहकार एवं बागलुङ नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, संस्थाको बलेवा शाखाका सल्लाहकार एवं बागलुङ नगरपालिका १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, नेस्फुनका पुर्व संचालक एवं जिल्ला बचत संघका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेल, संस्थाका कानुनी सल्लाहकार बरिष्ठ अधिवत्ता भुमिश्वर गौतम, जिल्ला सहकारी संघका सचिव तेजप्रसाद शर्मा, शेयर सदस्य सुरेन्द्र पौडेल लगायतले बोलेका थिए ।

साधारण सभामा संस्थाका सचिव मिनबहादुर केसीले प्रस्तुत गरेको प्रगती प्रतिवेदन, कोषाध्यक्ष कृष्ण प्रसाद शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, र लेखा समिति सदस्य परशुराम सुवेदीले प्रस्तुत गरेको लेखा प्रतिवेदन सर्वसम्मत पास भएको छ ।
कार्यक्रममा संस्थामा उत्कृष्ट कारोबार गर्ने बचत कर्ता, बाल बचतकर्ता, जेष्ठ शेयर सदस्य र अधिवत्ताको उपाधी पाएकामा संस्थाका सल्लाहकार भुमिश्वर गौतमलाई सम्मान गरिएको थियो ।

२०६५ जेष्ठ २७ गते बागलुङ सदरमुकामा स्थापना भएको सहकारीमा हाल १ हजार २७० शेयर सदस्य रहेका छन । ३० जना शेयर सदस्यबाट सुरु भएको सहकारी १६ वर्ष पार गर्दा कुल ३ करोड ९४ लाख ४८ हजार ३०० रुपैयाँ शयर पुँजी रहेको छ । सहकारीको १९ करोड ३१ लाख ९४ हजारको कारोबार रहेको छ । सहकराीले विभिन्न समयमा आफ्ना शेयर सदस्यको मृत्युभएको अवस्थामा वा आफन्तको मृत्युभएको अवस्थामा सामाजिक सुुरक्षा रकम प्रदान गर्दै आएका छ भने सुत्केरी भएको अवस्थामा पोषण भत्ता प्रदान गर्दै आएको छ ।

साधारण सभा संस्थाका अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षता, उपाध्यक्ष, चित्रबहादुर केसीको स्वागत र सचिव मिनबहादुर केसी मिलन र सहसचि नारायण रिजालको संचालनमा सम्पन्न भएको छ ।

अधिवेशनले मिनबहादुर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष चित्रबहादुर केसी सचिवमा प्रकाश पौडेल, सहसचिवमा नारायण रिजाल र कोषाध्यक्षमा कृष्ण प्रसाद शर्मा रहेका छन । समितिको सदस्यमा हायश्वर सुवेदी, पार्वती पौडेल, यशोधा शर्मा, सुरज प्रधान, सावित्री केसी, बालकुमारी थापा, जिवन शर्मा र विजय पौडेल रहेको निर्वाचन समितिका सदस्य ऋषिराम रिजालले जानकारी दिए । संस्थाको लेखासमिति संयोजकमा पर्शुराम सुवेदी र सदस्यहरुमा प्राणनाथ गौतम र जमुना थापा रहेका छन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *