भगवती र पिप्लेका जनतलाई बृहत खानेपानीको श्रोत सुनिश्चित भएको दावी

अमृत बास्कुने, म्याग्दी
रघुगंगा गाउँपालिकाको भगवती तथा पिप्ले क्षेत्रलाई स्वच्छ पिउने पानी उपलब्ध गराउनका लागि थालिएको बृहत चिमखोला, भगवती पिप्ले खानेपानी आयोजनाले मूर्त रुप पाउने आशा जागेको रघुगंगा गाउँपालिका–२ भगवतीका वडा अध्यक्षले जानकारी गराउनु भएको छ ।

वर्तमान सरकार गठन लगत्तै नेकपा एमाले म्याग्दीको अगुवाइमा गएको टोलीले अर्थ मन्त्रालयलाई बजेट सुनिश्चितताका लागि मागपत्र पेश गरेको थियो । उक्त मागपत्र बमोजिम हालै आएर अर्थ–मन्त्रालयद्वारा १० करोड रुपियाँको स्रोत सुनिश्चितता भएको रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष अमृत भण्डारीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनु भएको छ ।

उहाँले आयोजना सम्पन्न गर्नका लागि लाग्ने बाँकी रकम क्रमिक रुपमा दिने प्रतिबद्धता समेत भएको उल्लेख गर्नुभएको छ । खानेपानी आयोजनाको स्रोत सुनिश्चितता सँगै अब आयोजना ठेक्का प्रक्रिया मार्फत अगाडि बढ्ने उहाँको भनाई छ ।

अर्थ मन्त्रालय, खानेपानी तथा सिँचाइ मन्त्रालय लगायत सबै राजनीतिक दलका पहलकर्ता, संघीय पूर्व माननियहरुलाई धन्यवाद ज्ञापन गर्दै वडा अध्यक्षले फेसबुक मार्फत जानकारी गराउनु भएको हो । वर्तमान प्रतिनिधिसभा सदस्य, प्रदेश सभासदस्य तथा चिमखोलाका वासिन्दाहरुलालई पनि धन्यवाद ज्ञापन गर्दै रघुगंगा गाउँपालिकाको भगवती र पिप्लपे राखु क्षेत्रको पिउने पानीको समस्याा अब चाँडै समाधान हुने आशा व्यक्त गर्नुभएको छ ।

लामो समय देखि पिउने पानीको समस्या भएको थियो र हामीले पटकपटक प्रयास गर्दा सफल भएको थिएन यस पटक भने सफल भयो वडा अध्यक्ष भण्डारीले भन्नुभयो । उहाँले भन्नुभयो–‘मैले फोन मार्फत जानकारी लिइ रहेको थिएँ, अहिले आएर उताबाट श्रोत शुनिश्चित भएको भन्ने खबर पाए पछि सामाजिक सञ्जालमा लेखेको हुँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *