आदर्श अनलाइन, बागलुङ
नेपाल रेडक्रस सोसाइटी कालिका उपशाखाको सभापतिमा गणेश राज लम्साल सर्वसम्मत चयन हुनु भएको छ । सोमबार बागलुङ बजारमा सम्पन्न वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनले लम्सालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपसभापतिमा पार्वती थापा क्षेत्री, सचिवमा राजेश भारी, कोषाध्यक्ष रद्रबहादुर महत क्षेत्री, उपसहसचिवमा दिनेश जिसी र उपकोषाध्यक्षमा गणेश महतो चयन हुनु भएको छ । साथै सदस्यहरुमा संजय श्रेष्ठ, निर्माण कुमार श्रेष्ठ, दयाराम पौडेल, निलेश राजभण्डारी र एलिजा गौतम रहेका छन् ।
वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनको बागलुङ नगरपालिका २ का वडा सदस्य विदेश कुमार श्रेष्ठले गर्नु भएको थियो । कालिका उपशाखाको निर्वाचन नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाबाट उपकोषाध्यक्ष तेजप्रसाद शर्माले गर्नु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्य र बागलुङ नगरपालिका २ का वडा सदस्य विदेश कुमार श्रेष्ठलले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कालिका उपशाखाका सभापति आशिष राजभण्डारीको अध्यक्षता, कोषाध्यक्ष पार्वती थापा क्षेत्रीको स्वागत र सचिव गणेश राज लम्सालले सञ्चालन गर्नु भएको थियो ।