आदर्श अनलाइन, बागलुङ
नेपाल निजामती कर्मचारी युनियन बागलुङको अध्यक्षमा देवप्रकाश घिमिरे चयन हुनु भएकाे छ। युनियनको नवौं जिल्ला अधिवेशनबाट घिमिरेको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन भएको हाे । समितिको उपाध्यक्ष खुल्लामा बिनाराम डाँगी, उपाध्यक्ष समावेशीमा बुद्धिराज गुरुङ, उपाध्यक्ष महिलामा मञ्जु कार्की, सचिवमा सुजन श्रेष्ठ, सहसचिव युवामा विपेन्द्र केसी, कोषाध्यक्षमा पुरुषोत्तम गौतम चयन भएको निर्वाचन समितिका संयोजक खेम शर्मा आचार्यले जानकारी दिनुभयाे ।
समितिको सदस्यहरुमा मनोज भुसाल, सुदर्शन कुसारी, घनश्याम ज्ञावली, हरिकृष्ण शर्मा, र बलराम अधिकारी, हरि पौडेल, गिता रिजाल शर्मा, प्रेम कुुमारी केसी, छत्रमणिलाल कर्ण, पृथी बहादुर थापा, शिव बहादुर बस्नेत, रमाकान्त पौडेल रहेका रहनु भएकाे छ । अधिवेशनले मोहन कुमार केसी, प्रकाश सुवेदी, जोकबहादुर घर्ति, नारायण पौडेल, लक्ष्मण पौडेल, र माधवी शर्मालाई प्रदेश महाधिवेशन प्रतिनिधिको रुपमा चयन हुनु भएकाे छ ।
केन्द्रीय महाधिवेन प्रतिनिधिमा देवशर्मा आचार्य, टेकनारायण सुवेदी, दुर्गा प्रसाद शर्मा, आनन्द प्रसाद शर्मा, अम्बिका सापकोटा, गिता सापकोटा रहेको निर्वाचन समितिका संयोजक आचार्यले जानकारी दिनुभयाे।
अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्काले निजामती कर्मचारी देशको विकासको प्रमुख मेरुदण्ड भएको बताउनुभयाे । उहाँले कर्मचारीले चाहेमा हरेक क्षेत्रका काम कारबाही सहजरुपमा हुने बताउनुभयाे । खड्काले कर्मचारीले निपक्ष ढंगले जनताको सेवामा सर्मपित हुनुपर्नेमा जोड दिनुभयाे।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल, गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, दिलमाया पौवी, नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष एवं बागलुङका नगरप्रमुखका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि भिम श्रीष, काँग्रेस बागलुङका सचिव एवं जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले कर्मचारी आफ्नो सेवा प्रति कर्तव्यनिष्ठ हुनुपर्नेमा जाेड दिनुभयाे।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञ ओली, गण्डकी प्रदेशका अध्यक्ष दिपक रेग्मी, केन्द्रीय महासचिव जनकबाहादुर रावल, गण्डकी प्रदेशका पुर्व अध्यक्ष शिव शर्मा अधिकारी, केन्द्रीय उप महासचिव इन्दु शर्मा, सचिव जगतबहादुर पाठक, सचिव कुल प्रसाद भट्टराई झपिन्द्र पोखरेल, युनियन तनहुँका जिल्ला अध्यक्ष नारायण प्रसाद अधिकारी, निजामती कर्मचारीहरुको आधिकारीक टेड युनियनका उपाध्यक्ष दुर्गा प्रसाद शर्मा, नेपाल निजामती कर्मचारी संगठनका मनोज कार्की, नेपाल पत्रकार महासंघ बागलुङका सहसिचव तथा नेपाल प्रेस युनियन बागलुङ सचिव डम्मर बुढा मगर लगायतले बोलेका थिए ।
कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन बागलुङका अध्यक्ष देव शर्मा आचार्यको अध्यक्षता, उपाध्यक्ष जोकबहादुर घर्तिको स्वागत र सचिव नारायण पौडेलको संचालनमा सम्पन्न भएको थियो ।