आदर्श अनलाइन, बागलुङ
धौलागिरी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा चयन हुनु भएको छ ।
गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले पठाएको पत्रमा प्रदेश सरकारको ‘अस्पताल व्यवस्थापन समिति गठन आदेश २०८०को दफा ३ बमोजिम थापालाई अध्यक्ष चयन गरिएको उल्लेख छ ।
मन्त्रालयको मिति २०८१/०९/१७ गतेको मन्त्री स्तरीय बैठकले निर्णय गरेको पत्रमा उल्लेख छ ।
सोही आदेशको दफा ३ उपदफा १ (च) बमोजिम सदस्यहरुमा बागलुङ नगर कार्यपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, उद्योग बाणिज्य संघ र धौलागिरी अस्पतालबाट प्रमुख तथा प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ ।