आदर्श अनलाइन, बागलुङ
सिगाना माध्यानमिक विद्यालय लामिचौर बागलुङको ७१ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
वार्षिकोत्सव कार्यक्रमको उद्घाटन पछि बोल्दै बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी बढाएको बताउनुभयो ।
उहाँले सामाजिक विकासमा नगरपालिकाले फड्को मारेको बताउदै नगरकै पहिलो बालमैत्री बिद्यालय घोषणाले विद्यालयको उचाइ बढेको बताउनुभयो ।
वार्षिकोत्सव समारोहमा नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रे्रल, वडा अध्यक्ष छम बहादुर कार्की, पूर्व वडा अध्यक्ष जित बहादुर जिसी (राजन), वडा सदस्य वेद बहादुर वली, अक्षयकोषदाता तथा पूर्व स्रोत व्यक्ति अनन्त बहादुर खड्का, पिटिए अध्यक्ष गोविन्द प्रसाद गौतम, पूर्व व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणी गौतम, सिगाना खानेपानीका अध्यक्ष यज्ञराज गौतम, सिगाना मावि तित्याङका प्रअ भुपेन्द्र खड्का, विद्यार्थी मिलन परियार र दिपिशा थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयको समग्र प्रगति प्रतिवेदन प्रधानध्यापक लोक बहादुर खड्काले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहयोगदाता रत्न बहादुर कार्कीलाई अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा रविन कार्की, सौगात कार्की, करण केसी, गंगा बहादुर कार्की, विद्यालयका पूर्व प्रधानध्यापक चन्द्र बहादुर मल्ललाई सम्मान गरिएको थियो । यस वर्ष उत्कृष्ट शिक्षकको रुपमा शिक्षक बिरेन्द्र केसी र देबी गौतमलाई सम्मान गरिएको थिया भने उत्कृष्ट विद्यार्थीमा दिपिशा थापालाई सम्मान गरिएको थियो ।
कार्यक्रम विदालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम थापाको अध्यक्षता, शिक्षक सर्मिला खड्काको स्वागत तथा शिक्षक भुपेन्द्र कार्कीको सञ्चालनमा सम्पन्न भएको छ ।