रोग लाग्नै नदिन नियमित योग गरौँ : कुशम बुढा

आदर्श अनलाइन, बागलुङ

पतञ्जलि योग समिति नेपालको आयोजनामा सञ्चालन भएको सह योग प्रशिक्षणबाट दिक्षित भएका साधक साधिकालाई प्रमाण पत्र प्रदान गरिएको छ ।

१५ दिनसम्म भर्चुअल माध्यमबाट भएको २४ औँ समुहको सह–योग प्रशिक्षक प्रशिक्षणमा सहभागी भएका बागलुङका ८ जना सधाक साधिकालाई गण्डकी प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कुशुम बुढाले प्रमाणपत्र प्रदान गर्नु भएको हो ।

राधाकृष्ण साधना केन्द्रका साधक साधिका दिक्षित भएका छन् । ८ गतेदेखि २३ गतेसम्म राधाकृष्ण साधना केन्द्रका साधाक साधिकालाई प्रमाणपत्र प्रदान गर्दै बुढाले रोग लाग्नुभन्दा लाग्नै नदिन नियमित योग गर्न जरुरी रहेको बताउनु भएको थियो ।

सबैभन्दा ठृलो सम्पत्ती स्वास्थ्य भएको भन्दै उहाँले हामिहरु सम्पत्ती आर्जनको लागि अहोरात्र खटिरहेको भएपनि रोग लाग्यो भने दुखले कमाएको सम्पत्तीले पनि उपचार सम्भव नहुने बताउनु भयो ।

बागलुङसँगै प्रशिक्षणमा देशभरका ३ सय जना भन्दा बढी साधक साधिकाले सहभागिता जनाएको पतञ्जलि योग समिती बागलुङका संगठनमन्त्री अमृत कंडेलले जानकारी दिनुभयो ।

प्रमाणपत्र वितरण समारोह पतञ्जलि योग समिति बागलुङका प्रभारी हिराबहादुर केसीको अध्यक्षता, महिला पतञ्जलि योग समिति बागलुङका सह प्रभारी सीता सापकोटाको स्वागत संगठन मन्त्री अमृत कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *