बहिरा किशोरीलाई क्षमता विकास तालिम

मन कुमारी केसी, बागलुङ

फरक क्षमता भएका १७ जना किशोरीलाई दुई दिने क्षमता विकास तालिम प्रदान गरिएको छ । दैनिक जीवनमा प्रयोग हुने व्यवहारिक ज्ञान दिने उद्देश्यले लायन्स क्लब अफ बागलुङ पिस टाउनले धवलागिरी बहिरा आवासीय माध्यामिक विद्यालयका किशोरीलाई क्रिस्टलको टप बनाउने र कपडाको प्याड बनाउने तालिम दिएको हो ।

धौलागिरी बहिरा आवासीय माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले तालिममा सिकेको ज्ञान सहज जीवनयापनका लागि व्यवहारमा उतार्न सुभाव दिनु भएको थियो ।

तालिममा क्लबका सिनियर एड्भाइजर शनिसा घर्ती, रिजन चियर पर्शन गणेश लम्साल, धौलागिरी ऐरिया सचिव श्रीकृष्ण पौडेल, तालिमका प्रशिक्षक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी अञ्जु, धवलागिरी बहिरा आवासीय माध्यामिक विद्यालयका प्रअ रेशम श्रीष लगाएतले बोल्नु भएको थियो ।

उहाँहरुले क्लबले समाजिक क्षेत्रमा सक्रियता बढाउँदा फरक क्षमता भएका, बहिरा किशोरीका लागि गरेको व्यवहारिक तालिमले उनिहरुलाई आर्थिकोपार्जनमा समेत सहज हुने बताउनु भएको थियो । सिप सिक्नु, तालिम लिनुमात्र ठुलो कुरा नभएको भन्दै उहाँहरुले सिकेको कुरा व्यवहारमा उर्तान सके जीवन परिर्वत हुने बताउनु भएको थियो ।

दुई दिनसम्म चलेको तालिममा प्रशिक्षक हुमा कुमारी जिसी अञ्जुले क्रिष्टलको टप र मुलायम ढाकाको कपडाको सेनेटरी प्याड बनाउन सिकाउनु भएको थियो । प्रशिक्षक जिसीले बजारमा उच्च माग रहेको क्रिष्टलको टप बनाउन जाने विक्रि गरेर आम्दानी समेत गर्न सकिने बताउनु भएको थियो । उहाँले बजारमा पाइने विभिन्न केमिकल प्रयोग भएका महंगा सेनेटरी प्याडको सट्टा आफैले बनाएका पुनः प्रयोग गर्न सकिने कपडाको प्याड प्रयोग गरे पैसाको बचत र स्वास्थ्य दुवैको जोखिम कम हुने बताउनु भएको थियो ।

क्लबका अध्यक्ष देवी कार्कीले बहिरा किशोरीहरुलाई सीप सिकाएर दक्ष बनाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरेको बताउनु भयो । तालिमको समापनशत्र क्लबका अध्यक्ष कार्कीको अध्यक्षता, सचिव सारादा कार्कीको सञ्चालन र दोभाषे निर्मला शर्माको सहजीकरणमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्