आदर्श अनलाइन, म्याग्दी
जिल्लाको साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै साहित्यकार एवं पूर्व शिक्षक अजयमिलन श्रेष्ठलाई नगद एकलाख रुपियाँ पुरस्कार राशीसहित दोसल्ला र कदरपत्रले सम्मान गरिएको छ । सोही अवसरमा पूर्व कर्मचारी कृष्णबहादुर बानियाँ र पत्रकार राकेश शर्मा पनि सम्मानित हुनुभएको छ ।
बेनी नगरपालिका ५ पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा स्थापित धनेश्वरी–तारानाथ स्मृति कोषको आयोजनामा बेनी नगरपालिका ७ का श्रेष्ठलाई उक्त सम्मान गरिएको हो । स्मृति कोषको आयोजना र जनकल्याण मावि पुलाचौरको सहआयोजनामा विभिन्न स्रष्टा, संस्था र विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
त्यस्तै सोही अवसरमा साहित्यको क्षेत्रमा योगदान पु¥याउनुहुने पूर्व राष्ट्रसेवक कर्मचारी समेत रहनुभएका पौलस्त्य साहित्य समाज म्याग्दीका निवर्तमान अध्यक्ष कृष्णबहादुर बानियाँ, र पत्रकारिताको माध्यमबाट जिल्लाको शैक्षिक, आर्थिक र सामाजिक क्षेत्रमा योगदान पु¥याएकोमा पत्रकार पत्रकार महासंघ म्याग्दीका सदस्य तथा प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मालाई पनि नगद दशहजार रुपियाँ सहित दोसल्ला र कदरपत्रले सम्मान गरिएको छ । त्यस्तै म्याग्दी बहमुखी क्याम्पसका सह–प्राध्यापक रेखाकौशल रेग्मीलाई कदरपत्रले सम्मान गरिएको थियो ।
पुलाचौरमा हुने विभिन्न कार्यक्रममा विशेष योगदान पु¥याएको भन्दै स्मृति कोषले शिवालय आमा समूहलाई नगद दशहजार रुपियाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । गएको वर्ष सम्पन्न एसइईमा उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने मुस्कान बानियाँ, साधना विकलाई १५÷१५ हजार रुपियँ र देवशा परियारलाई सातहजार पाँचसय रुपियाँको साथमा प्रमाणपत्रले पुरस्कृत गरिएको छ । त्यसैगरी एसइईमै जडभरत शालग्राम गण्डकी संस्कृत मावि बेनी नगरपालिका ९ गलेश्वरबाट प्रथम हुने स्वरुप रिजाललाई नगद १५ हजार रुपियाँ नगद सहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।
विद्यालयमा आयोजित निबन्धलेखन प्रतियोगितामा प्रथम हुने आयुष रामदाम, द्वितीय दिपिका श्रेष्ठ र तृतीय रसिक श्रेष्ठलाई क्रमशः दुईहजार पाँचसय, दुईहजार, एकहजार पाँचसय रुपियाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको स्मृति कोषले जानकारी दिएको छ । सोही अवसरमा जनकल्याण मावि अक्षयकोषबाट कक्षा ११ का ६ जना र कक्षा १२ का ३ जना विद्यार्थीलाई स्टेशनरी तथा पोशाक वितरण गरिएको थियो ।
विद्यालयमा अध्ययनरत स्वर्गीय भक्तविर विकको छोरा कक्षा ९ का अजय रामदाम र कक्षा १० की मैना रामदामलाई अक्षयकोषबाट जनही दुईहजार रुपियाँ सहित स्टेशनरी प्रदान गरिएको विद्यालयका शिक्षक शान्ति शर्माले जानकारी दिनुभयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद श्रेष्ठको अध्यक्षता, धनेश्वरी–तारानाथ स्मृति कोषका सचिव माधवप्रसाद रेग्मीको स्वागत र विद्यालयका शिक्षक शान्ति शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।