‘सबै सदस्य : सक्रिय सदस्य’ अभियान सञ्चालन गर्दै आदर्श सञ्चार

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सबै सदस्य : सक्रिय सदस्य अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउने भएको छ ।

संस्थाको गत पुस २७ गते सम्पन्न १८ औं वार्षिक साधारणसभाको निर्णय अनुसार सबै सदस्य ः सक्रिय सदस्य अभियानका बारेमा कर्मचारीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अर्धवार्षिक समिक्षा तथा आगामी योजना कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कर्मचारीहरुले व्यवस्थापनका तर्फबाट साधारणसभाको निर्णयलाई प्रभावकारी रुपमा अगाडि बढाउने निर्णय गरेका हुन् ।

साधारणसभाले सबै सदस्य ः सक्रिय सदस्य अभियान सञ्चालन गर्ने निर्णय गरेको छ, त्यसै अनुसार सक्रिय भएर अगाडि बढ्नका लागि योजना निर्माण गरेका छौ, प्रवन्धक दिपकराज सापकोटाले भन्नुभयो, आगामी २ वर्ष भित्रमा सक्रिय सदस्यहरुको मात्रै संस्था बनाउने गरी अगाडि बढेका छौ ।

संस्थाले सञ्चालन गरेका वचत तथा ऋण, सूचना तथा सञ्चार लगायत सामाजिक अभियानमा बढी भन्दा बढी सदस्यहरुको सहभागिता बढाउनका लागि निरन्तर सम्वाद गरिने प्रवन्धक सापकोटाले बताउनुभयो ।

संस्थाको १८ औं वार्षिक साधारणसभाले संस्थाले सञ्चालन गरेका सञ्चारमाध्यममार्फत समुदाय तथा सदस्यहरुको व्यावसायिक दक्षता वृद्धि गर्नुका साथै वित्तीय सेवालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

कार्यक्रममा संस्थाका सम्पादक राम बहादुर जिसीले संस्थाले सञ्चालन गर्न लागेको मिडिया मिसन तथा सबै सदस्य ः सक्रिय सदस्य सम्बन्धमा सहजीकरण गर्नु भएको थियो ।

संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकको १८ औं वार्षिकोत्सवका अवसरमा मिडिया मिसन अभियान सञ्चालन गरिने संस्थाका सहसम्पादक सिर्जना पन्तले जानकारी दिनुभयो ।

आदर्श सञ्चार सहकारीले विगत १८ वर्षदेखि धौलागिरी जागरण दैनिक, १३ वर्षदेखि अग्रसर साप्ताहिक ६ वर्षदेखि आदर्शसञ्चार डटकम लगायतका सञ्चारमाध्यम सञ्चालन गर्दै आएको छ ।

संस्थामा हाल ३४ सय ६९ जना शेयर सदस्य ५ करोड ६० लाख शेयर रकम, २० करोड बचत र ३१ करोड ऋण लगानी गरेको प्रवन्धक सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *