शुभलाभका शिक्षक र व्यवस्थापन समिति बिच तनाव व्यवस्थापन शिविर

लक्ष्मी शर्मा, बागलुङ
शुभलाभ एकेडेमीका शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी सदस्यका विचमा एकदिने तनाव व्यवस्थापन तथा ध्यान शिविर सञ्चालन गरिएको छ ।

विचारमा शुद्धता, मनमा शुद्धता र शरिरको शुद्धताका लागि शिविर प्रभावकारी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर केसी ‘मिलन’ले बताउनु भएको छ ।

ओशो अमृतम ध्यान केन्द्र बागलुङको आयोजनामा भएको शिविरमा विद्यालयका शिक्षक र व्यवस्थापन समिति गरेर ४० जनाको सहभागिता रहेको थियो । विभिन्न कारणले हुने व्यक्तिगत तनावका कारण उसले गर्ने व्यवहार, बोली र कर्ममा समेत असर पार्ने भन्दै बालबालिकासँग र उनिहरुको क्षेत्रमा काम गर्नहरुलाई तनावमुक्त रहन सिकाउने उद्देश्यले शिविरको सञ्चालन गरिएको ओशो अमृतम ध्यान केन्द्र बाग्लुङका माँ आत्मो जोत्सनाले बताउनु भयो ।

उहाँले बालमष्तिस्क सबैभन्दा सम्वेदनशिल हुने भन्दै उनिहरुसँग उठ्ने, बस्ने, सिकाउने, खुवाउने र हुर्काउनेहरुको सोच, व्यवाहार र कर्म सधै सकरात्मक हुनुपर्ने बताउनु भएको थियो । सकारात्मक सोच र चिन्तन निरन्तरको ध्यान र साधनाबाट मात्र सम्भव हुने भन्दै उहाँले ध्यानी व्यक्तिलेनै तनावको व्यवस्थापन गर्न सक्ने बताउनु भएको थियो ।

माँ आत्मो जोत्सनाले शिविरमा सहभागीलाई ध्यान, ध्यानको विधि र प्रक्रियाका बारेमा जानकारी गराउँदै अभ्यास गराउनु भएको थियो । पछिल्लो समय तनाव व्यवस्थापनका लागि मानिसहरुले विभिन्न प्रविधिको प्रयोग गर्ने, घण्टौ मोवाइल फोन हेर्ने, विभिन्न साधन, वस्तुको खरिद गर्ने गरेको भन्दै उहाँले यसले क्षणिक खुसीमात्र दिने तर, तनावको दीर्घकालिन व्यवस्थापनका लागि आफुलाई चिन्नुपर्ने र चिन्ने विधी ध्यान भएको बताउनु भयो ।

शिविर शुभलाभ एकेडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन बहादुर केसी ‘मिलन’को अध्यक्षतामा सम्पन्न भएको थियो । शिविरको उद्घाटन शत्रमा विद्यालय व्यवस्थापन समितिका सदस्य सञ्जय श्रेष्ठ, प्रधानध्यापक काशिराम कंडेल लगायतले बोल्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *