म्याग्दी एकेडेमीको १७ औं वार्षिकोत्सव

आदर्श सञ्चार, बागलुङ
बेनी नगरपालिका ४ सिंगामा रहेको म्याग्दी एकेडेमीले आफ्नो १७ औं वार्षिकोत्सव मनाएको छ । विद्याल प्राङ्गणमा आयोजना गरिएको वार्षिकोत्वस कार्यक्रममा विद्यार्थी, अभिावक र शिक्षक सम्मान तथा पुरस्कार वितरण समेत गरिएको थियो ।

१७ वर्ष अगाडी स्थापना भएको म्याग्दी एकेडेमीमा हाल कक्षा १० सम्म सञ्चालित छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दिपा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बेनी नगरपालिकाकी उपप्रमुख ज्योती लामिछानेले विद्यालयले ग्रामिण भेकका बालबालिकालाई गुणस्तरीय शिक्षा दिएको बताउनुभयो । उहाँले नगरपलिका क्षेत्र भित्रका हरेक क्षेत्रका बालबालिकाले गुणस्तरीय शिक्षा पाउनु पर्छ र त्यो कार्यका लागि म्याग्दी एकेडेमीले पुरा गर्ने प्रयासलाई थप मजबुत बनाएको बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका ४ का वडा अध्यक्ष भगवान खड्का, वडा नं. ९ का अध्यक्ष चक्र केसी, बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकाल, प्याव्सन म्याग्दीका अध्यक्ष हिराबहादुर पुन, निजी विद्याललयका प्रिन्सिपलको तर्फबाट लिटिल गार्डेन एकेडेमीका प्रिन्सिपल दिपक सुवेदी, विद्यालयका सल्लाहकार युक्तप्रसाद शर्मा, प्रिन्सिपल जोन छिरिङ लेप्चा, मायाँ थापा लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको अवसरमा शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई विभिन्न विधामा पुरस्कृत गरीएको विद्यालयका सञ्चालक सन्दिप खत्रीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्