बागलुङमा माघ १६ देखि ‘नेशनल प्याब्सन स्पोर्टस’ संचालन हुने

आदर्श सञ्चार, बागलुङ
एन प्याब्सन बागलुङ नगरपालिका कार्यसमितिको आयोजनामा यही माघ १६ गतेदेखि १८ गतेसम्म ‘नेशनल प्याब्सन स्पोर्टस–२०८१’ संचालन गर्ने भएको छ । नगर कार्यसमितिले सोमबार पत्रकार सम्मेलन गरि कार्यक्रमको बारे जानकारी गराएको हो ।

कुल १८ स्वर्ण पदका लागि प्रतियोगिता हुने एन प्याब्सन बागलुङ नगर समितिका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार एन प्याब्सनमा आवद्ध आठ विद्यालयमा ४०० विद्यार्थी प्रतियोगितामा सहभागी हुने छन् । एउटा बोर्डिङबाट कम्तीमा ५० जना विद्यार्थी सहभागी हुने अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बागलुङ नगरपालिका अन्तरगत रहेका ८ बोर्डिङ स्कूल सहभागी हुने कार्यक्रममा १००, २०० मिटरको छात्र/छात्रा दौड, ४०० मिटरको रिले दौड, लङजम्प, हाइजम्प, त्रिपलजम्प, सटफुट, ज्याब्लिङ थ्रो, छात्रा कबड्डी, छात्र फुटबल, महिला शिक्षक रस्साकस्सी, पुरुष शिक्षक ब्याटमिन्ट प्रतियोगिता आयोजना गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *