प्रेस सेन्टर नेपाल बागलुङले मनायाे २१ औँ स्थापना दिवस

प्रेस सेन्टर नेपाल बागलुङले २१ औँ स्थापना दिवस मनाएकाे छ । दिवसका अवसरमा पत्रकारितामा पलायन, आर्कषण र अनुशासन विषयक अन्तरक्रिया गरेकाे थियाे ।

अन्तरक्रिया कार्यक्रममा बाेल्दै कार्यक्रम प्रेस सेन्टर नेपाल बागलुङका संस्थापक अध्यक्ष बद्री प्रसाद शर्माले आर्थिक मन्दीको बेला सबैसँगको सहकार्य गरेर मात्र सञ्चार माध्यम जोगाउन सकिने बताउनुभयाे ।

नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले पत्रकारिताको बदलिदो स्वरुपलाई विचार गरेर पत्रकारले आफनो पेशालाई सवल बनाउन थप मेहनत गर्नु पर्ने बताउनुभयो । सूचना र प्रविधिमा आएको परिर्वतनसँगै डिजिटल मिडियालाई आत्मसाथ गर्दै लाभ लिन सके पत्रकारको आर्थिक जीवन सवल हुने उहाँकाे भनाइ छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा, नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगर, प्रेस चौतारी नेपाल बागलुङका इन्चार्ज तारानाथ आचार्य, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मुकेश चन्द्र राजभण्डारी, प्रेस सेन्टरकी बागलुङ ईन्चाज कोपिला कँडेल, प्रगतिशील पत्रकार संघका सल्लाहकार किरण आचार्य लगायतले बाेलेका थिए ।

कार्यक्रम प्रेस सेन्टर बागलुङकी अध्यक्ष जीवनकला खत्रीको अध्यक्षता, उपाध्यक्ष अनिष खातीको स्वागत र सचिव विनोद विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *