आदर्श अनलाइन, बागलुङ
नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको आयोजना, कास्की जिल्ला रेडक्रस सोसाइटीको व्यवस्थापन तथा नेपाल जुनियर युवा रेडक्रस सर्कल श्री रतनपाण्डे माध्यमिक विद्यालय, पोखरा–१३ आर्बाको आतिथ्यतामा ३ दिवसीय चौथो गण्डकी प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकको समउदघाटनमा बिहिबार बाट सुरु भएको छ ।
उक्त गोष्ठीको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री पाठकले रेडक्रस जस्तो मानवीय तथा सामाजिक संस्थाले जुनियर तथा युवाहरुमा सकारात्मक सन्देश प्रदान गरि समाजसेवा तथा मानवसेवाप्रति समर्पित हुनका लागि यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भुमिका खेल्ने र पछिल्लो समय रेडक्रसको माध्यम बाट युवा पुस्तामा नेतृत्व बिकास सङ्गै सामाजिक सेवा गर्न सकरात्मक प्रभाव परेको बताएका छन । मन्त्री पाठकले रेडक्रस बिशुद्द सामाजिक सस्था रहेको र यसले समाजमा आपतकालीन राहत प्रदान, स्वास्थ्य सेवा र रक्तदान कार्यक्रम , कानूनी र मानव अधिकारको रक्षा , शिक्षा र चेतना फैलाउने कार्य जस्ता महत्वपुर्ण कार्य गर्दै मानिसहरूलाई मानवता, समानता, तटस्थता, स्वतन्त्रता, एकता, र सार्वभौमिकता जस्ता मूल्यहरूमा आधारित सहायता प्रदान गर्दै आएकोमा आफु अत्यन्तै खुसि भएको र यस्ता सकरात्मक कामहरु प्रति आफु र गण्डकी प्रदेश सरकारले अभिभाकत्व प्रदान गर्न प्रतिबद्द रहेको बताए ।
उक्त कार्यक्रममा गण्डकी प्रदेशका जुनियर तथा युवा रेडक्रस सर्कलका ११ वटै जिल्लाका प्रतिनिधिहरुले सहभागिता जनाएका छन् । गोष्ठीको सुरुवात हुन भन्दा अगाडि पोखरा महानगरपालिका वडा नं. १३ आर्बा स्थित आदर्श मोहोरपानी टोल विकास संस्थाको भवनबाट विहान प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको थियो , रेडक्रससँग सम्बन्धित मानवतालाई जिवित राखौं, रेडक्रसका ७ सिद्धान्त पालना गरौं, संकटाभिमुख समुदायको संरक्षण गरौं, मानवताका लागि हातेमालो गरौं, जलवायु परिवर्तन प्रति युवा विद्यार्थी सचेत बनौं लगायतका नारा सहित स्थानीय टोल विकास संस्था, आमा समूह, युवा क्लब स्थानीय समाजसेवी, बुद्धिजिवीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम भएको रतनपाण्डे माबिका प्रधानाध्यापक डिल्लीराम बरालले जानकारी दिए ।
समारोहमा पोखरा म.न.पा. वडा नं. १३ का वडा अध्यक्ष किरण बराल, युवा नेता लेख बहादुर तामाङ, समाजसेवी शिक्षकप्रेमी किशोरदत्त बराल, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, विद्यालयका प्रधानाध्यापक बराल, नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा, नेरेसो गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेल, नेरेसो गण्डकी प्रदेशका सभापति सुर्य प्रसाद ढकाल, नेपाल शिक्षक महासंघ जिल्ला समिति कास्कीका अध्यक्ष भोलानाथ पौडेल, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय ज्ुनियर युवा समितिका सदस्य एवं गोरखा जिल्ला सभापति भिमसेनकाजी बानिया, नेरेसो गण्डकी प्रदेश जुनियर युवा समितिका संयोजक तिर्थराज तिवारी, विद्यालयका सल्लाहकार वसन्तराज बराल, कार्यक्रम संयोजक धर्मेस जयसवाल लगायतले मन्तव्य राखेका थिए ।
युवा रेडक्रस सर्कलका रतनपाण्डे मा.वि.का अध्यक्ष कृपा पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी कास्कीका सदस्य तथा जुनियर युवा समितिका संयोजक रमेश भण्डारीले गरेका थिए । ३ दिन सम्म चल्ने गोष्ठीले गत वर्ष लमजुङमा सम्पन्न भएपश्चात जुनियर युवाका गतिविधिहरुमा भएगरेको वार्षिक समिक्षा सहित आगामी १ वर्षका लागि गण्डकी प्रदेशभर गरिने जुनियर तथा युवा रेडक्रसका गतिविधिहरु, निती तथा कार्यक्रमहरु माथि छलफल गरि प्रस्ताव समेत पेश गर्ने कार्यक्रम रहेको अध्यक्ष संयोजक भण्डारीले जानकारी दिए । उक्त समारोहमा शिक्षक नायक राधादेवी बरालले रेडक्रसका ७ सिद्धान्त वाचन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरदचन्द्र बरालले धन्यवाद ज्ञापन एवं नेरेसो गण्डकी प्रदेशका महासचिव पौडेलले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।