संगठन विस्तार तथा सुदृढीकरणमा एमाले म्याग्दी

आदर्श सञ्चार, म्याग्दी
नेकपा एमाले म्याग्दीले माघ ११ र १२ गते बसेको जिल्ला कमिटीको चौथो पूर्ण बैठकको निर्णय तथा पार्टी केन्द्रको निर्देशन अनुसार संगठन सुदृढिकरणका लागि अभियान थाल्ने भएको छ ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीका अनुसा एमाले केन्द्रीय कमिटीको निर्देशन अनुसार माघ फागुन र चैत महिना भित्र जिल्लाका ४५ वटै वडा केन्द्रीत अभियान थाल्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)लेको केन्द्रीय कमिटीको निर्देशन बमोजिम माघ २५ गते देखि अभियान थाल्ने जनाएको छ ।

पहिलो चरणमा २५ गते प्रदेश सभा समन्वय कमिटी (क) र २६ गते प्रदेश सभा समन्वय कमिटी प्रदेश (ख) को बैठक सँगै अभियानको थालनी हुने अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । एमाले म्याग्दीले फागुन ३ गते भित्र छ वटै स्थानीय तह कमिटीको बैठक सम्पन्न गर्ने भएको छ । त्यस्तै फागुन १७ भित्र वडा कमिटीको बैठक र प्रशिक्षण सम्पन्न गर्ने गरी योजना बनाएर अगाडी बढिएको जनाएको छ ।

नेकपा एमालेका सदस्य संख्या बढाउने तर सक्रिय सदस्यको मजबुती बनाउने यस पटकको अभियानको मुल मर्म रहेको छ । सदस्य संख्याको बढोत्तरी सँगै सक्रिय सदस्यको पनि बढोत्तरी हुने गरी अभियान थालीने नेकपा एमाले म्याग्दीका पूर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।

नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य भूपेन्द्र थापाले सदस्यता निवकरण अरुले गर्ने नभएर भौतिक रुपमा नै उपस्थित भई सदस्यता नविकरण गर्ने तथा सबै पार्टी सदस्य आ–आफ्नो वडा जाउँ, सदस्यता नविकरण गरौं अभियान सञ्चालन गरी वडाको मतदाता संख्याको तीन प्रतिशत मतदाता एमालेको सदस्य बनाउने योजना लिएको बतानउुभयो । फागुन मसान्त भित्रै सदस्यता नविकरण गरेर चैत पहिलो हप्ता भित्र पालिका कमिटीले सदस्यताको विवरण जिल्लामा उपलब्ध गराउने गरी निर्देशनात्मक अभियान हुने उहाँको भनाई थियो ।

पपुलर भोटमा एमाले देशमा पहिलो पार्टी हो र म्याग्दीमा पनि हो, केही प्राविधिक कारणले गर्दा प्रत्यक्ष निर्वाचनमा हामी दोश्रो भएका थियौं त्यो अब सह्य छैन–थापाले भन्नुभयो । अब हरेक निर्वाचनमा एमाले पहिलो शक्ति हो र नतिजा पनि त्यही आउँछ अनि त्यही नतिजाका लागि अहिलेको अभियान हो । केन्द्रीय सदस्य थापाका अनुसार मिसन ८४ अन्र्तगत एमालेलाई निर्णायक राष्ट्रिय शक्ती बनाउने लक्ष्य सहित दोस्रो चरणको वस्ती तहको अभियानमा निक्लेको हो ।

आम जनता सँग भेटघाट बढाउने र उनीहरु सँगै मजबुत सम्बन्ध बनाउनका लागि पनि भेटघाट र घरदैलो गर्ने एमाले म्याग्दीका प्रचार विभाग प्रमुख देवीप्रसाद(डिपी) शर्माले जानकारी दिनुभयो । जिल्लाका ४५ वटै वडामा संसदी संयन्त्रको बैठक बसेर आवश्यक तयारी गरेर अगाडी बढ्ने उहाँले जानकारी दिनुभयो । सबै सञ्चार क्षेत्र तथा सामाजिक सञ्जालको पनि सही प्रयोग गरे पार्टीलाई मजबुत बनाउने हाम्रो मुल मर्म हो उहाँले भन्नुभयो ।

अभियान अन्तरगत नै नेकपा एमाले म्याग्दीले चैत १६ भित्र वडा अधिवेशन प्रतिनिधि परिषद् सम्पन्न गर्ने भएको छ । त्यस्तै चैत ३० भित्र पालिका अधिवेशन प्रतिनिधि परिषद् र बैशाख २० भित्र जिल्लाा अधिवेशन प्रतिनिधि परिषद् सम्पन्न गर्ने भएको छ ।

जिल्ला भित्र तीन महिने अभियान अन्तरगत कमिटीको बैठक, भेला, प्रशिक्षण, सदस्यता नविकरण, अभिलेखीकरण, कार्यालय व्यवस्थापन र पार्टी विस्तार अभियानलाई तीब्रता दिँदै अगाडी बढ्ने एमले म्याग्दीले जनाएको छ ।

पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज भुपेन्द्रबहादुर थापा, गण्डकी प्रदेश सचिवालय सदस्य हरीकृष्ण श्रेष्ठ, प्रदेश सदस्य सुरत केसी समेत उपस्थित थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *