आफ्नो समेत वेवास्ता गर्दै स्वास्थ्यकर्मीहरु चौबीसै घण्टा खटिरहेका छौँ : गौतम

आदर्श सञ्चार, म्याग्दी
आम नागरिकको स्वस्थ्य जीवनका खातिर आफ्नो समेत वेवास्ता गर्दै स्वास्थ्यकर्मीहरु दिनरात खटेको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष डा.झलक गौतमले बताउनु भएको छ ।

‘सामाजिक न्याय र पेशागत मर्यादाका लागि स्वास्थ्यकर्मीहरुको एकता, आम नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित म्याग्दीको बेनीमा आयोजित राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला कार्यसमिति म्याग्दीको चौथो जिल्ला अधिवेशन शनिवार बोल्दै उक्त धारणा राख्नु भएको हो । ‘सम्पूर्ण निजामति कर्मचारी एकजुट होऔं, सङ्घीयतामा सुशासन सामाजिक सुरक्षा श्रमको सम्मान, राजनीतिक अधिकारसहितको टे«ड युनियन हाम्रो अभियान’ भन्ने मूल नारासहित नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले समेत सोही अवसरमा १२औं जिल्ला अधिवेशन पनि सम्पन्न गरेको थियो । दुवै सङ्गठनहरुको संयुक्त रुपमा जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा अधिवेशन गरिएको हो ।

संयुक्त रुपमा आयोजित अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय अध्यक्ष डा. गौतमले स्वास्थ्यकर्मीहरु चौबीसै घण्टा खटिरहेको बताउनु भएको थियो । उहाँले पेशाकर्मी भएकाले पेशागत आन्दोलनहरुसँग जोडिएको बताउँदै आन्दोलनको इतिहास धेरै लामा रहेको बताउनुभयो । उहाँले जतिबेला संस्थागत रुपमा पेशागत संघसंस्थाहरु जन्मिए, त्यसबेलादेखि नै पेशागत हकहित लागि, मर्यादाका लागि, सुरक्षाका लागि यो आन्दोलनको रुपमा अगाडि बढेको बताएका छन् ।

नेपालमा स्वास्थ्यकर्मीहरुको हकहितको आन्दोलनको सन्दर्भमा केन्द्रीय अध्यक्ष डा. गौतमले भन्नुभयो, ‘आधुनिक चिकित्साको संस्थागत विकास वीर हस्पिटल वि.सं. १९४७ मा स्थापना भएर सेवा सुरु भएदेखि नै पेशागत हकहितको आन्दोलन पनि सँगसँगै अगाडि बढेको हामीले पाउँछौं । त्यहीबेलादेखि स्वास्थ्यकर्मीहरु यो आन्दोलनमा र पेशाकर्मीहरु पनि यो आन्दोलनमा अन्यायका विरुद्ध कहिले सशक्त रुपमा र कहिले सुषुप्त रुपमा आवाजहरु उठिरहे । तिनै आवाजहरुलाई सङ्गठित गर्ने क्रममा पेशाकर्मीहरु आफै पनि सङ्गठित बने त्यसलाई राजनीतिक पार्टीहरुले अझ विचारको माध्यमबाट अरु सशक्त बनाउन सहयोग गरे र नेतृत्व पनि प्रदान गरे । त्यही हिसाबले यो आन्दोलन अगाडि बढिराखेको छ ।’

विगतमा थौरै भए पनि अहिले देशभभर चारलाख भन्दाबढी स्वास्थ्यकर्मीहरु आ–आफ्ना काउन्सिलहरुमा रजिष्टर भएर काम गरिएको बताउँदै अध्यक्ष गौतमले स्रोतसाधन, सेवासुविधा र हक तथा मर्यादाको अभावमा पनि काम गरिरहेको बताउनु भएको थियो । स्वास्थ्यकर्मीहरुको हकमा सरकारी वा निजी जुनमा भए पनि चौबीसै घण्टा, सातैदिन काम गरिरहेको बताउँदै स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा गौतमले माग गर्नुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले अहिले निजामति विधेयक छलफलको क्रममा रहेकाले कर्मचारीमैत्री विधेयक ल्याउन सबै कर्मचारीहरुले आ–आफ्नो ठाउँबाट पैरवी गर्न आग्रह गर्नुभएको थियो । नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले स्वास्थ्यकर्मी तथा कर्मचारी जहाँ रहेपनि आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताउनुभएको थियो ।

र्काक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ गण्डकी प्रदेश अध्यक्ष निरोजकुमार श्रेष्ठलगायतले बोल्नु भएको थियो । कार्यक्रम राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका जिल्ला अध्यक्ष सुमित्रा थजालीको अध्यक्षता, सचिव टङ्कनाथ शर्माको सञ्चालन, निजामति कर्मचारी सङ्कठनका जिल्ला अध्यक्ष सोमबहादुर केसीको समापन र उपाध्यक्ष भोलानाथ आचार्यको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *